खाँदबारी । जिल्ला कारागार संखुवासभामा सुरक्षा घेराभित्र कैदीको मृत्यु पछि राष्ट्रिय मानव अधिकार आयोगको टोली खाँदबारी आएको छ । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले शुक्रबार विहानैबाट अनुसन्धान सुरु गरेको हो ।
कारागारबाट भाग्ने प्रयास गरेको भन्दै संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षिय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपलिका–७ का २८ वर्षिय आकाश बलामीलाई कुटपिटका कारण मृत्यु भएपछि मानव अधिकारकर्मीको टोली खाँदबारी आइपुगेको हो । घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग कोसी प्रदेशका प्रमुख उपसचिव पवन कुमार भट्ट, मानव अधिकार अधिकृत चिरञ्जीवि कोइराला, देवेन्द्र रेग्मीले अनुसन्धान सुरु गरेका छन् । घटनाको अनुन्धानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश प्रमुख सोम थापा सहितको ३ जनाको टोली पनि खाँदबारी आइपुगेको छ ।
गृह मन्त्रालय अन्तर्गत कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा बनेको पाँच सदस्यीय टोली अनुसन्धानका लागि खाँदबारी आइपुगेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । टोलीमा प्रहरी नायब उपरीक्षक कौशल बुढाथोकी, अनुसन्धान अधिकृत कुमार बुढाथोकी, कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालय संखुवासभाका अधिकृत भोगेन्द्र श्रेष्ठ छन् । पाण्डे नेतृत्वको टोलीले समेत छानविन सुरु गरिकेको छ ।
घटनामा प्रहरीको समेत संलग्नता देखिएपछि कोशी प्रदेश प्रहरी कार्यालयबाट एसपी ऋषिराम कडेलको नेतृत्वमा आएको ४ सदस्यीय छानबिन समितिले बिहीबारबाट नै अनुसन्धान सुरु गरिसकेको छ । घटनामा प्रहरीको संलग्न रहेको आरोपमा १० जना प्रहरीलाई नियन्त्रणमा दिई अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार सिसिभिटि फुटेजका आधारमा १० जना प्रहरी माथी अनुसन्धान भइरहेको छ । कारागारको बन्दीगृहको ब्लक ‘ए’ मा ६६ जना कैदी मध्ये नौ जना कैदीलाई सुरक्षाका लागि भन्दै जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोदारले जानकारी दिए ।
आफन्ती किटानीजयरी दिएपछि पक्राउ परेका प्रहरी र कैदीबन्दीलाई म्याद थपका लागि जिल्ला अदालत चैनपुर लगिने डिएसपी गोदारले जानकारी दिए । घटनामा संलग्नहरुलाई प्रहरी नियन्त्रणमानै रहेकाले प्रमाणका आधारमा सबैलाई कारवाहि हुने उनले बताए । कारागार नौ जना कैदीबन्दीलाई कारागार प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई सुरक्षाका लागि अन्यत्र लागिदिन अुनरोध गरेपछि प्रहरी कार्यालयको हिरासत कक्षामा राखीको डिएसपी गोदारले बताए । कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई अनुसन्धान गर्ने अधिकार समेत प्रहरीमा नरहेकाले आफन्तको किटानी जायरीको आधारमा अदालतबाट म्याद थपभएपछि मात्र अनुसन्धन गरिने उनले बताए । डिएसपी गोदारले भने–‘प्रहरी नियन्त्रणमा रहेका घटनमा संलग्न प्रहरीहरु माथी अनुसन्धान भइरहेको छ ।’
प्रहरीले कुुुटपिट पछि उनिहरुलाई प्रहरी बन्दीगृहको ब्लक ‘ए’ लगेर राखिएको थियो । ब्लक ‘ए’ ६६ जना कैदीबन्दी बस्दै आएका थिए । भित्र पनि कैदीले उनिहरु घण्टौ सम्म कुटपिटको बताइएको छ । २५ जनाको क्षमता रहेको कारागारमा अहिले १ सय ३६ जना कैदीबन्दी रहेका छन् ।