मानेभञ्ज्याङ फुटबल कपको उपाधि एड्भान्स क्लबले हात पारेको छ । मंगलबार भएको फाईनल खेलमा एकता परिवार ए लाई खेलको अन्तयमा १ गोल गर्दै एड्भान्स क्लबले उपाधी हात पारेको हो । वितेजा टिमलाई अर्थमन्त्रि तथा नेकपा (माओवादी केन्द्र)का संगठन विभाग प्रमुख जनार्दन शर्माले ट्रफी हस्तान्तरण गर्दै विजयी टिमहरुलाई शुभकामना दिएका छन् ।
कार्तिक १२ बाट सुरु भएको प्रतियोगिता ३७ वटा टिमको सहभागी रहेको थियो । प्रतियोगितामा प्रथम स्थान हासिल गरेको एड्भान्स क्लबले नगद ५५ हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो हुने एकता परिवार ए ले नगद ३० हजार रुपैयाँका साथमा मेडल र प्रमाण पत्र हात पारेको छ भने सान्तवना हुने मानेभञ्ज्याङ फुुुटबल क्लब र तिनपोखरी युथ क्लबले रु.१० हजारका साथमा प्रमाण पत्र प्राप्त गरेको छन् । मानेभञ्ज्याङ फुुुटबल क्लबले आयोजना गरेको फुटबल प्रतियोगिता ५ दिन सम्म सञ्चालन भएको थियो ।