संखुवासभा : पाँचखपन नगरपालिकामा पहिलो पटक उपभोक्त निर्माणमा चुनाव भएको छ । पाँचखपन–४, ५ र ६ का लागि सञ्चाल हुन लागेको खानेपानी आयोजनाको उपभोक्ता समिति गठनमा अध्यक्ष र सचिव पद छनौट गर्न चुनावै भएको छ । ३ पटकको प्रयासमा पनि सहमति नभएपछि उपभोक्ता समितिको अध्यक्ष र सचिव पदका लागि २÷२ जनाले आ–आफ्नै अडान पछि चुनाव गरिएको वडा अध्यक्ष रामबहादुर तामाङले बताए ।
उपभोक्ता समितिको अध्यक्षमा मानसिं पोख्रेल र कमल थापाले उम्मेद्धवरी दिएका थिए । १८ मत वढी ल्याएर अध्यक्षमा विजयी पोख्रेल पाँचखपन नगरपालिकाको मेयरमा एमालेबाट पराजित भएका थिए । औषधी व्यवसायी संघ संखुवासभाका महासचिव समेत रहेका थापा सदरमुकाम खाँदबारीमा औषधी पसल सञ्चालन गरेर बसेका छन् । पोख्रेल एमाले जिल्ला कमिटि उपसविच र थापा जिल्ला कमिटि सदस्य हुन् ।
त्यसैगरी सचिव पदमा उदयचन्द्र पोख्रेल निर्वाचित भएका छन् । सचिवका लागि श्रेष्ठ र प्रज्वल सुब्बा विच प्रतिस्पर्दा भएको थियो । ९ सदस्यीय उपभोक्ता समिति गठनमा दुई पदका लागि चुनाव भएको हो । संघिय चुनावको झल्लो आउने गरी उपभोक्ता समितिको चुनाव भएको थियो । वडा नं. ५ मा रहेको सरस्वती आधारभुत विद्यालयमा भएको चुनामा उपभोक्ताहरुले लाइनमा बसेर मतदान गरेका थिए ।
१ करोड रुपैयाको लागतमा हेवा खोला लिफ्टिङ मार्फ पानी ल्याउने आयोजनाका लागि दुई पक्ष विच चुनाव मार्फत प्रतिस्पर्दा भएकको वडा अध्यक्ष तामाङले जानकारी दिए । दुई सय २८० जना उपभोक्ताले मतदान गरका हुन् । ४, ५, ६ वडा करिव आठ सय घरधुरी लागि खानेपानी आयोजना सञ्चालन हुनलागेको हो । खानेपानी आयोजनाका लागि प्रदेश सरकारले क्रमागत योजना अन्र्तगत बजेट विनियोजन गरेको पाँचखपनका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बरालले जानकारी गराए । समिति निर्माणमा सहमति जुट्न नकेपछि चुनाव गर्नु परेको र उपभोक्तालाई मतदानका लागि समेत अनुरोध गरेको बराले बताए । दुवै पक्षले अडान लिएपछि उपभोक्ताले मतदान नै गर्नु परेको हो ।
ठुलो आयोजनामा हुने उपभोक्ता समितिमा राजनीतिक दलका नेताहरुको समितिमा बस्न होडबाजी हुने गरेको छ । निति निर्माण, योजना अनुगमन गर्ने राजनीतिक दलका नेताहरु उपभोक्ता समितिको प्रमुख पदमा बस्न लालयित हुने गरेका छन् । उनिहरुलाई समितिमा बस्दा पाइने अनेकखाले लाभले लोभ्याउने गर्छ । यही स्वार्थको कारण उपभोक्ता समितिमा पनि राजनीतिक र स्वार्थको लडाइँ हुने गर्छ ।