चैनपुर । सङ्खुवासभाको चैनपुर नगरपालिका नवनिर्वाचित जनप्रतिनिधी र कर्मचारीहरुलाई क्षमता विकास तालिम दिइएको छ । व्यक्तिगत घटना दर्ता सुरक्षा तथा कार्यसम्पान सम्बन्धी ५ दिने तालिम सञ्चालन गरिएको चैनपुर नगरपालिकाले जनाएको छ ।
घटना दर्ता, सामाजिक सुरक्षा, मालपोत सिफारिस, सुचना प्रविधी, स्थानीय सरकार सञ्चालन ऐन लगायतका विषयमा ५ दिने तालिम सञ्चालन भएको हो । नवनिर्वाचित जनप्रतिनिधीलाई सेवा प्रवाहका बारेमा अन्योल नहोस भनेर जेष्ठ १३ देखि १७ सम्म तालिमको आयोजना गरेको तालिम संयोजक सुर्यकिरण भण्डारीले जानकारी दिए । तालिममा योजना छनौट तथा कार्यचयन प्रकृया, विभिन्न कार्यालयमा गरिने सिफारिस, लैगिक समता सामाजिक समावेसिकरण लगायतको विषयमा जानकारी गराइएकाे थियो । तालिममा नगर प्रमुख, उप्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सचिव लगायतको सहभागिता रहेको थियो । तालिम समापनमा नगर प्रमुख कृष्णकुमार तामाङले जनप्रतिनिधी तथा कर्मचारीहरुलाई सहजरुपमा सेवाग्राहीहरुको काम गर्न निर्देशन दिए । सेवा प्रवाहमा कुनै पनि कमि हुन नदिन उने सबैमा अनुरोध गरेका छन् ।