संखुवासभा : कोरोना संक्रमणका कारणे खाँदबारी नगरपालिकाले भर्चुअल माध्यमबाट नगरसभा सम्पन्न गरेको छ । खाँदबारीेका मेयर मुरारी प्रसाद खतिवडाले बिहीबार आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट, नीति तथा कार्यक्रममा ६५ करोड १५ लाखको बजेट सार्वजनिक गरेका छन् ।
भर्चुअल माध्यमबाट गरिएको नवौँ नगरसभा मेयर खतिवडाले आर्थिक वर्ष २०७८÷०७९ लागि रु ६५ करोडको १५ लाख ७२ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । कोरोना संक्रमणका कारण एकै ठाउँमा भेला हुने अवस्था नभएपछि भर्चुअल माध्यमबाट नगरसभा गर्नु परेको नगरप्रमुख खतिवडाले जानकारी दिए । खाँदबारीमा समानीकरणमा १७ करोड ८५ लाख रुपैयाँ, संघिय ससर्तबाट २६ करोड ३२ लाख रुपैयाँ, संघिय ससर्त पँुजीगत अनुदानमा २ करोड ७४ लाख रुपैयाँ , संघिय विविध अनुदान पुँजीगत तर्फ ५० लाख रुपैयाँ , संघिय समपुरक अनुदान पुँजीगत तर्फ २ करोड ४४ लाख रुपैयाँ , संघिय राजश्व बाँडफाँड तर्फ ८ करोड ६ लाख २८ हजार रुपैयाँ, प्रदेश समानीकरणबाट १ करोड ६ लाख २२ हजार रुपैयाँ, प्रदेश राजश्व बाँडफाँड तर्फ ९६ लाख ३८ हजार ८ लाख रुपैयाँ , नगरपालिकाको आन्तरिक आम्दानी वचत समेत गरि ५ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
आगामी आर्थिक वर्ष ०७८/७९ मा विनियोजित बजेट मध्ये खाँदबारी नगरपालिकाले विषयगत क्षेत्रमा आर्थिक विकास क्षेत्रका लागि १ करोड २० लाख रुपैयाँ , सामाजीक क्षेत्रका लागि २ करोड ३५ लाख रुपैयाँ , पूूूुर्वाधार विकास क्षेत्रका लागि १ करोड रुपैयाँ, वन वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रका लागि ४० लाख रुपैयाँ, शुसासन तथा सँस्थागत क्षेत्रका लागि ४२ लाख २५ हजार ८ सय रुपैयाँ, वडागत आयोजनाका लागि ११ वटै वडामा ४० लाखका दरले ४ करोड ४० लाख रुपैयाा , नगरगौरव आयोजनाका लागि १ करोड रुपैयाँ , वडाभवन निर्माणका लागि ३ करोड रुपैयाँ, मेसिनरी औजारका लागि ३० लाख रुपैयाँ, आयोजना व्यस्थापनका लागि ४० लाख रुपैयाँ, पर्यटन विकास क्षेत्रका लागि २० लाख रुपैयाँ, जि आर डिपिआरका लागि ४० लाख रुपैयाँ, जग्गा व्यवस्थापनका लागि १ करोड रुपैयाँ, नगरपालिका तर्फ प्रशासनिक खर्चका लागि ११ करोड ७८ लाख ४७ हजार रुपैयाँ, नगरपालिकामा रहेका कोष तर्फका लागि मर्मत सम्भार कोष १ करोड रुपैयाँ, समपुरक कोषमा २ करोड रुपैयाँ, वातावण संरक्षण कोषमा २० लाख रुपैयाँ, आकस्मीक कोषमा १० लाख रुपैयाँ, प्रकोप व्यवस्थापन कोषमा १ करोड १० लाख रुपैयाँ, कर्मचारी सञ्चय कोषमा २० लाख रुपैयाँ बराबरका वजेट नगर प्रमुख खतिवडाले प्रस्तुत गरेका थिए ।
पर्यटन प्रवद्र्धन, भौतिक पूर्वाधार निर्माण, आधुनिक कृषि, व्यावसायिक पशुपालन, गरिबी निवारण, नदी नियन्त्रण र आयआर्जनका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, खेलकूद लगायतलाई बजेटमा स्थान दिइएको छ । कृषि क्षेत्रमा थोपा सिचाई र लिफ्ट सिचाईलाई प्राथमिकता दिने, सुलभ मुल्यमा फलफुलका विरुवा वितरा गर्ने, उन्नत जातका पशुपालनका लागि श्रोत केन्द्र स्थापना गर्ने, व्यवसायिक खेतीलाई अनुदानको सहयोग गर्ने आदि योजना सार्वजनिक गरिएको छ । खाँदबारी नगरपालिकाको तुम्लिङ्टारबाट सेकाहा हुदै त्यहाँबाट प्याराग्लाईडिङ गरी चेवावेसी र चेवाबेसीबाट अरुण नदीमा र्याफ्टिङ गराउने लक्ष राखिएको छ ।