खाँदबारीमा रहेकाे अरूणबरूण बहुउद्देश्यीय सहकारी सस्थाकाे तेश्राे बार्षिक साधारण सभा शनिबार सम्पन्न भएकाे छ ।
सभामा अध्यक्ष ईश्वरकाजी कटुवालले बार्षिक प्रतिवेदन पेश गर्दै खाँदबारी, तुम्लिङटार र मानेभञ्ज्याङसम्म काराेबार बिस्तार रहेकाे बताए । स्थापनाकाे छाेटाे अवधिमा सहकारीले सामाजिक क्षेत्रमा पनि उल्लेख्य याेगदान गरेकाे उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि सङ्खुवासभा उद्याेग बाणिज्य सङ्घका अध्यक्ष कृष्णभगत प्रधानले तरलताकाे अवश्थामा पनि सहकारीले गरेकाे याेगदान महत्वपूर्ण रहेकाे बताए । नेपाल जस्ताे विकासाेन्मुख देशका लागि पुँजी निर्माण गर्न सहकारीकाे महत्व रहेकाे प्रधानकाे भनाई रहेकाे छ ।
कार्यक्रममा काेषाध्यक्ष जनक पाैडेलीले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए । उद्याेग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष डेगराज बस्नेत, लेखापरीक्षक राजिव श्रेष्ठ, नवराज कार्की, छत्रमणि पन्थ, लगायतले सफलताकाे शुभकामना दिएका थिए । कार्यक्रममा उत्कृष्ट बचतकर्तालाई मायाकाे चिनाे वितरण गरिएकाे छ । कार्यक्रम सचिव प्रवीण श्रेष्ठले सञ्चालन गरेका थिए ।