अधिकारी सुजन
बिहान बाहुन बेलुका डाउन
बर्षमा एक दिन जनै लाउन
त्यो पनि बिदेशबाटै ल्याउन
नेवारि क्वाटी सबैले खाउन
संस्कार आफ्नो बिर्सी जाउन
बेहेनको राखी भाईले लाउन
आफ्नो रिति बेची खाउन
पारिको चेली वारि ल्याउन
बुहारी बनाई ठाँउमा पुर्याउन
बुहारीले फरिया उचालेर देखाउन
घरको इज्जत माटोमा मिलाउन
येताको लुतो उता चिलाउन
३३ किलो सुन तेतिकै बिलाउन
भ्रष्टाचारिलाई पदक दिलाउन
मान्छे मारी खोलामा बगाउन
जातीय कुरो सडकमा ल्याउन
कुर्सीको खेल सबैलाई देखाउन
न्याय पनि पैसोमा बिकाउन
नेता जति सबै जात्रा देखाउन
जनता माछा माछा भ्यागुतो होउन
महामारीमा पनि नेता कमिसन खाउन