संखुवासभा ः हिमालय माध्यमिक विद्यालय खाँदबारीका क्यान्सर पिडित शिक्षकलाई आर्थिक सहयोग संकलन भएको छ । शिक्षक रुद्रबाहुर दर्जीको उपचारका लागि शिक्षक र विद्यार्थीहरु बाट संकलित रकम हस्तान्तरण गरेको नेपाल शिक्षक महासंघ संखुवासभा अध्यक्ष सेरबहादुर पुरीले बताए ।
दर्जीको उपचारका लागि १ लाख ७० हजार रुपैयाँ खाँदबारी नगरपालीकामा भएको एक कार्यक्रम विच हस्तान्तरण गरिएको छ । सरस्वती मावी माल्टा भुपु विद्यार्थी एकता समाज को अगुवाईमा सहयोग रकम संकलन गरिएको भुपु विद्यार्थी एकता समाजका अध्यक्ष समेत रहेका सेरबहादुर पुरीले जानकारी गराए । क्यान्सर पिडित शिक्षक दर्जीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । शिक्षक महासंघको अगुवाईमा पुर्व विद्यार्थी, शिक्षक लगायतबाट संकलित रकम आज पिडितका बुबा ललि दर्जी लाई हस्तान्तरण गरिएको हो । सयोग रकम लिदै पिडतका बुबाले भने–‘मेरो छोराको जीवन बचाई दिनुहोस ।’ छोराको उपचारका लागि सहयोग गरिन समेत अनुरोध गरे । रुद्रबहादु दर्जीको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर २०८०१०००१५५६९०१० सहयोग गरिदिन बुबाको अनुरोध छ ।
यस अघि खाँदबारी नगरपालीकाले दर्जीको उपचारका लागि ५० हजार रुपैयाँ सहयाग गरेको खाँदबारी नगरपलिका प्रमुख मुरारी खतिवडाले जानकारी दिए ।
