खाँदबारी : ईमकालु अनलाईको कार्यकारी सम्पादकमा मेघराज तामाङ नियुक्त भएका छन् । तामाङले पदभार ग्रहण गर्दै अनलाईनलाई नयाँ उचाईमा पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
संखुवासभाका स्वतन्त्र पत्रकार जीवनाथ खनालको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा प्रमुख अअतिथिले तामाङलाई पदभार ग्रहण गराउँदै कार्यसफताको शुभकामना दिएका छन् । मोफसमा रहेर जिल्लामा पहिलो पटक सञ्चालनमा आएको यस न्युजपोर्टलले जिल्लाको समसाहिक विषयवस्तुमा रहेर जनताको हितमा काम गर्नु पर्ने खनालले बताए । शिलिचोङ मल्टिमिडिया प्रालि संखुवासभा द्धारा सञ्चालित अनलाइन खाँदबारीबाट सञ्चालन हुँदै आएको मल्टिमिडिया प्रा.लि.का व्यवस्थापक ध्यान बहादुर राईले बताए । मोफसलका समाचारलाई प्रमुख प्राथमिकतामा राखेर समाचारहरु सम्प्रेषण गदै आएको राईको भनाई छ ।
नवनियुक्त तामाङ नागरिक दैनिकमा काम गरिसकेका पत्रकार हुन् । पाँचखपन नगरपलिकामा जन्मेका तामाङ पत्रकार महासंघ संखुवासभाका सचिव समेत रहेका छन् ।