रेजिना कार्की
सामान्य भाषामा विपरित लिङ्गीविच पति पत्नीको सम्बन्ध कायम गर्ने/गराउने सामाजिक एवम् सांस्कृतिक कार्य विवाह हो । चलनचल्तीको भाषमा हामी यसलाई बिहे पनि भन्ने गछौं । विवाह गर्ने वा नगर्ने भन्ने विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । यसका लागि धेरैजसो मुलुकहरुले न्युनतम उमेर तोकिदिएकै हुन्छ । नेपालको कानुनतः विवाह गर्ने उमेर २० वर्ष रहेको छ । नेपालको सन्दर्भमा २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह मानिन्छ ।
बालविवाह भन्नासाथ यसमा विशेष वालिकाहरु नै बढि पिडित हुने हुन कि भनने आँकलन मैले गरेकी छु । यसको अर्थ बालक पिडित हुँदैन भन्न चाँही खोजिएको हैन । बालविवाह आँफैमा एक गैरकानुनी कार्य हो, यो कुरा तपाई हामी, हाम्रो परिवार र सिँगो समुदायलाई थाहा भएकै कुरा हो । बालविवाह जस्तो आपराधिक क्रियाकलापको जोखिममा रहेका समुह, व्यक्ति तथा बालबालिकाहरलाई शिक्षाको पहुँच, जानकारीहरु तथा विभिन्न चेतनामुलक तालिमहरु प्रदान गरिन आवश्यक छ । बालविवाह तपाई हाम्रै घरआँगन तथा समुदायमा घटिरहेको कुरा न तपाई नकार्न सक्नुहुन्छ न त म नै ! हामीमा शिक्षाको अभाव ? अँह ! पटक्कै हैन ! हामीमा बालविवाह बारे जति पनि ज्ञान तथा शिक्षा छ तर यस विषयमा हाम्रो चेतनास्तर अझै पनि कमजोर नै रहेको कुरा विनासंकोच भन्न सकिन्छ । यो कार्य गलत हो, म गर्दिन भन्ने फेरि आफ्नो, आफु र आफन्तको आए पछि पनि नहट्ने ! यस्तो गलत परिपाटीको कारण पनि आज समाजमा बालविवाह जस्तो भयानक कुप्रथाले कुनै न कुनै रुपमा जरा गाडिरहेको छ । यसले बालबालिकाको भविष्य माथि भयावह स्थीति सिर्जना गर्ने कुरा त सुनिश्चित नै छ । हुन त बालविवाह पुराना संस्कृति र जातीय व्यवस्थाहरुसँग जोडिएको विषय हो । यस्ता कुसंस्कारले हाम्रो समाजमा गाडेको जरा हामीले चाँहदा उखेलेर फ्याँक्न नसक्ने भन्ने चाँहि अँह, पटक्कै होइन । के तपाईलाई यस्तो लाग्दैन ? जस्तो कि बालविवाह बालअधिकार, महिला अधिकार तथा अन्य अधिकारको हनन् मात्र नभइृ समग्र देश विकास र समृद्धिको बाधक हो भने ! बालविवाहको सन्दर्भमा हेर्ने हो भने अन्य राष्ट्रहरुको तुलनामा हाम्रो राष्ट्र अग्रपङ्तीमा आसपास नै छौ । शारीरिक र मानसिक रुपमा परिपक्व हुँदै गरेका बालबालिकाहरु फक्रिदै गरेका फुलका कोपिला सरि हुन् ।
आफ्नो भविष्यको गन्तव्य छनौट गर्ने अधिकार तथा सो सम्बन्धमा निर्णय लिने बेलामा वैवाहिक जीवनमा बाधिन गर्ने त्यो पनि बचपनको कच्चा उमेरमा नै कस्तो विडम्बना ! यो सबै सम्झिदा तपाई एउटा बुवा, एउटा दाजु, एउटी आमा अनि एउटी दिदीका नाताले यस्तो लाग्दैन ? कि बालविवाह जस्तो आपराधिक क्रियाकलाप गर्नु/गराउनु/सामेल हुनु भनेको छोरीचेलीको जीवन बर्वाद गर्नु मात्र नभई सामाजिक कुरीति र कुसंस्कारीको जर्गेना गर्नु हे । पुरातनवादी सोच भनौ वा चलिआएको कुचलन, छोरीचेलीको मासिक धर्म नहुँदै विवाह गरिदिए धर्म मिल्छ भन्ने । यो कुन हदसम्मको भ्रम हो ? बालविवाहको भविष्य अन्धकार बनाइदिएर धर्म मिल्ने जस्तो लज्जास्पद कार्यको बेहद भ्रम हाम्रो समाजमा पर्दै आइरहेको छ । छि ! कति लज्जास्पद ! बालविवाह जस्तो आपराधिक क्रियाकलापले हाम्रो घरपरिवार, समाजका धेरै जसो बालबालिकाहरु दण्ड, दुर्व्यवहार तथा यौन शोषणमा परेका जति सबै बाहिर आँउदै आँउदैनन्, जति आँउछन्, बाहिर आएकाहरु पनि आलटालमै सकिन्छन् । कानुनी कारवाहीको दायरामा त झुक्किएर १/२ वटा भन्दा बढि आँउदै आाउदैनन् । सानै उमेरमा गरिने विवाहले विभिन्न समस्याको दुश्चक्रसँगै रोग, भोक, शोषण र दुव्र्यवहार बालबालिकाको नियती बनेको छ । केटा पक्षबाट केटीलाई उच्च शिक्षा दिने, राम्रो खानलाउन दिने छोरीसरह व्यवहार गर्ने लगायतका लोभ लालच देखाइ विवाह गर्ने/गराउने कारणले पनि बालविवाह प्रोत्साहन भइरहेको छ । यसलाई विश्लेषण गरेर हेर्दा गरीबि पनि बालविवाहको प्रमुख कारण हो ।
मेरो विचारमा, दाइजो प्रथाले अड्डा जमाएको हाम्रो समाजम दाइजो कै कारण छोरीको विवाह छिटो भएको हो भन्ने अनुमान लगाउन सकिन्छ । छोरीलाई उमेरसम्म घर राख्दा पढाउन पर्ने तथा खर्च हुने भएको हुँदा एकदिन जसरी नि अर्काको घर जानै पर्ने हो धेरै खर्च किन गर्नुपर्यो बरु उक्त खर्चले गतिलो विवाह गरिदिने तथा केटा पक्षलाई दाइजो प्रशस्त दिए खुसी हुने लगायतका गलत दृष्टिकोण तथा अचेतनशिल विचारहरुले गर्दा समाजमा बालविवाह दुवो मौलाए भैm मौलाईरहेको छन् ।
यो सब गर्नु/गराउनु मुलुकी ऐन विरुद्धको अपराध हो भन्ने कुरा निःसन्देह भन्न सकिन्छ । हरेक क्षेत्र निकाय तथा दृष्टिकोणबाट बालवालिकाको विषयलाई किन सहायक षिय बनाएर हेरिरहेको छ ? के बालवालिका विरुद्ध हुने अपराध न्युनिकरण गरी छुट्टै विषयको रुपमा स्थापित गर्न जरुरी छैन र ? हाम्रो शिक्षित दिमागको चेतनास्तर कुन हदसम्मको छ भन्ने कुरा हाम्रो सिकाइको हैन व्यवहारले झल्काउछ । निच सोच अनि तल्लो स्तरको चेतनाको स्तरले गर्दा धेरै बालवालिकाको जिन्दगी अन्धकार भएको छ । के हामी हाम्रो न्युनस्तरीय चेतनालाई थोरै मात्र भएपनि फराकिलो बनाएर बालविवाह जस्तो कु–प्रथालाई तपाई हाम्रो घरघरबाट सदाका लागि उन्मुलन गरेर एउटा सुन्दर र परिपक्व समाज निर्माण गर्न सक्दैनौ र ? तपाई तपाईको घरबाट हुने बालवाविह रोक्छु । जो, जहाँ, जुन अवस्थामा छौं, त्यहीबाट आजैदेखि बालविवाह रौंकौं । बालविवाहलाई जसरी हुन्छ निरुत्साही गरौं । बालविवाह गर्ने/गराउने र बालविवाह समेल हुनेलाई कानुनी दायरामा ल्याऔं । बालविवाह गर्ने/गराउने दुवै पक्षलाई सामाजिक वहिष्कार गर्ने नियम ल्याऔं, कार्यान्वयन पनि गरौं । आजका बालवालिका भविष्यका कर्णधार तथा वर्तमानका साझेदार हुन भन्ने कुरा नभुलौं ।