खाँदबारी । तेजरत्न आँखा तथा कान उपचार केन्द्रले खाँदबारी नगरपालिकाका शिक्षकहरुलाई आँखा सम्बन्धी जनचेतना मुलक तालिम दिएको छ । केन्द्रको आयोजनामा खाँदबारी नगरपालिका भित्रका १७ विद्यालयका १९ जना शिक्षकहरुलाई आँखा सम्बन्धी जनचेतना मुलक तालिम दिएको हो । शिक्षकहरुलाई विद्यार्थीहरुको आँखामा आउन सक्ने सम्भावित समस्याहरुको बारेमा जानकारी गराईएको उपचार केन्द्रका ईन्चार्ज क्षितिज बरालले जानकारी गराए । विद्यार्थीहरू दृष्टि दोष भएकाहरू आर्थिक अवस्था कमजाेर भएका कारण उपचारबाट बन्चित हुन नपराेस भनेर शिक्षहरूलाई आधारभूत तालिम दिईएकाे उनकाे भनाई छ । उपचार केन्द्रले विद्यालयमा गएर विद्यार्थीकाे दृष्टि दाेष पत्ता लगाएर निःशुल्क चस्मा तथा अाैषधि गर्दै वितरण गर्दै आएकाे छ । चस्मा र अौषधिकाे उचित प्रयाेगकाे प्रभावकारी अनुगमन र सहजिकरणका लागि शिक्षकहरूलाई तालिम दिएकाे ईन्चार्ज बरालले जानकारी दिए ।