चौकीडाँडा । भोजपुर साल्पासिलिछो गाउँपालिकाको पर्यटकिय क्षेत्र साल्पापोखरीमा भएको अन्तरपालिका बैठकले पर्यटन विकासका साझा धारणा निर्माण गरेको छ । ३४ सय ४३ मिटर उचाईमा रहेको साल्पापोखरीमा भोजपुर, सङ्खुवासभा, खोटाङ, सोलुुखुम्बुका सरोकारवाला पालिकाहरुकोे बैठकले २४ बुँदे सकल्प पत्र सहित विकास अवधारण पारित गरेको छ ।
बैठकले साल्पासिलिछो गाउँपालिकाले प्रस्तुत गरेको ‘मुन्धुम ट्रेल–साल्पासिलिछो विकास तथा प्रवद्र्धन सम्मेलन २०८०’ साल्पा सिलिछो संयुक्त संकल्प पत्र पारित गरिएको छ । साल्पासिलिछो गाउँपालिकाले संयोजन गरेको बैठकले मुन्धुम ट्रेलको स्तरउन्नतिको ६० प्रतिशत मात्रमा काम सम्पन्न भएकाले बाँकी कामका लागि सरोकारवाला पालिकाहरुले पहल गर्ने निर्णय गरेको छ । सोलुुखुुम्बुको महाकुुलुुङ गाउँपालिकालाई तराई सँग जोड्ने छोटो दुरीको सङ्खुवासभा खाँदबारीको तुम्लिङरबाट साल्पासिलिछो गाउँपालिका हुँदै महाकुलङ गाउँपालिका जोड्ने तेन्जिङ हिलारी सडक मार्गको निर्माण कार्यलाई तिब्रता दिने निर्णय समेत गरिएको साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुुलुुङले बताए । सगरमाथा आधारशिर जान पनि यहि तेन्जिङ हिलारी पदमार्ग हुुदै पर्यजटकहरु जाने गर्दछन् ।
पर्यटन प्रवद्र्धन तथा विकासमा एक पालिकाको मात्र प्रयास प्र¥याप्त नहुने भएकाले भोजपुर सहितका छिमेकी जिल्लाका पालिकाहरुको बैठक जिल्लाकै उच्च स्थानमा रहेको साल्पापोखरीमा राखेर साझा धारणा तयार गरेको अध्यक्ष कुलुुङ बताउँछन् । बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्षा कुलुुङले बैठकले तयार गरेको साझा धारणाका आधारमा अव विकासमा एकजुट भएर लाग्न अनुरोध गरेका छन् । आगामि बजेट विनियोजनका क्रममा बैठकका निर्णयहरुलाई पनि प्राथमिकतामा राख्दै सबै पालिकाहरुलाई बजेट निर्माण गर्न अनुरोध गरे । पर्यटकिय क्षेत्रहरु जिल्लाको मात्र नभएर समग्र देशकै सम्पति भएकाले यसको प्रवद्र्धन, संरक्षण र विकास साझारुपमा स्वामित्व ग्रहण गर्नु पर्ने बताउँदै अध्यक्ष कुलुङले २४ बुँदे संकल्प पत्र जारी भएको घोषणा समेत गरे ।
मुन्धुम ट्रेलको साल्पासिलिछो क्षेत्र किराँत सभ्यताको अर्मुुत सांस्कृतिक सम्पदामा जोखिम हुनेगरी कुनैपनि भौतिक निर्माण कार्य तथा अन्य पुर्वाधार गतिविधिहरु रोकलगाउने संकल्प पत्रमा लेखिएको छ । सन् २०२५ मा मुन्धुम ट्रलमा कम्तिमा १ लाख पर्यटक भित्रायाई त्यस पछिका वर्षहरु थप पर्यटकहरु निरन्तर वृद्धि गरी भोजपुर, खोटाङ, सोलुखुुम्बुुु, सङ््खुुवासभा, सुुनसरी र उदयपुर जिल्ला समृद्धिको आधारमा मुन्धुम ट्रेल बनाउने लक्षका साथ ‘मुुन्धुुम ट्रेल भिजिट २०२५’ मनाउने समेत घोषण गरिएको छ । मुुन्धुम ट्रेललाई सप्तकोसीको खोवालुुुुुुुुङु देखि चोमोलुुङमा सम्म ‘ग्रेटर मुन्धुुम ट्रेल’ विकासका लागि आवश्यक बजेटका लागि पहल समेत गर्ने निर्णय गरिएको भोपुुर नगरपालिकाका मेयर कैलास कुमार आलेले बताए । मुन्धुुम ट्रेल, साल्पापोखरी र सलिचोङलाई पर्यटकिय हवको रुपमा विकास गरि अन्तराष्ट्रिय स्तर सम्म प्रचारप्रसार गर्नु पर्ने उनको भनाई छ । यस क्षेत्रमा अर्को आर्कषण भनेको गुराँस रहेको र गुराँस दाउराको रुपमा प्रयोग हुने गरेकाले त्यसलाई रोक्न सबै लाग्नु पर्ने उनले बताए । सबै प्रकारका पर्यटकलाई मध्यनर गर्दै निश्चित क्षेत्रसम्म सडक पूर्वाधार तयार गरी पदमार्गको विकासमा लाग्नु पर्ने उनको भनाई छ ।
मुुन्धुुम ट्रेल क्षेत्रमा रहेका दुर्लभ बन्यजन्तु रेड पाण्डा, कस्तुरी, मृग, भिरमाहुरी, हिमाली जंगली कुुकुर, घोरल, बाघभालुुको बासस्थान क्षेत्रलाई संरक्षित गर्दै पर्यटकलाई आर्कषित गर्ने लक्ष राखिएको छ । पद मार्गमा रहेका गोठहरुलाई संगठित गर्दै हाल मुन्धुुम गोठस्टे समिति गठन गरि तिनिहरुलाई प्रभावकारी बनाउँदै पर्यटकहरुलाई सहजता दिने बैठकको निर्णय रहेको छ । गोठहरुलाई बाह्रै्र महिना पर्यटकलाई सेवा दिनेगरी सुधार गर्दै पर्यटकमैत्री बनाउन हाल खानेपानी, शौचालय, आवास कोठा, लत्ताकपडा सहितको न्यूनतम पूर्वाधार गोठको निर्माणका लागि बजेट व्यवस्थापनका लागि लाग्ने संकल्प पत्रमा उल्लेख छ ।
साथै मुुन्धुुम टे«ले क्षेत्रलाई छुने गरी वन क्षेत्र मासिने गरी कुनै पनि ग्रामिण सडक, कृषि सडक निर्माण नगर्ने अन्र्तपालिकाहरुले सहमति जनाएका छन् । पर्यटकिय क्षेत्रहरुमा बोतल, प्लाष्टिक निशेधित क्षेत्र कायम गर्ने सहमति गर्दैै आफ्नो पालिका क्षेत्रको पदमार्ग आफै मर्मत गरिने प्रतिपद्धता जनाएको छ । किराँतको उत्पत्ति थलो, मुन्दुमको विकास भएको, किराँतको प्राग ऐतिहासिक थलो साल्पापोखरी सिलिचुङ पवित्र तीर्थस्थल भएकाले मुन्धुममा वर्णित सांस्कृतिक पात्रहरु, मूल्यमान्यता र जनविश्वास प्रतिविम्बित हुने गरी विकास गर्न छुट्टै बजेट आवश्यक भएकाले उक्त बजेट व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्न सहमति भएको छ । उक्त कार्यका लागि तयार भएको डिपिआरमा २३ करोड ८२ लाख ४७ हजार रुपैयाँ लागत अनुमान गरिएको र त्यस अन्र्तगत सांस्कृतिक संरचनाको लागि एक करोड ९६ लाख ४० हजार रुपैयाँ लाग्ने भएकाले त्यसका लागि आवश्यक बजेट माग गर्ने भनिएको छ ।
बैठकले साल्पासिलिछो गाउँपालिकाको आहाले पोखरी, साकेचङ ढुुंगा, डेलि ढुुंगा, हर्कटे साल्पा, गोेरुकाटे डाँडा, योगमाया तपस्या स्थल त्यसैगरी सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाको बुकुरचौड, कालपोखरी, खेम्पालुुङलाई समेट्ने गरी नयाँ सोप्लुुङ पदमार्गको निर्माण गर्ने निर्णय गरेको छ ।
साल्पापोखरी क्षेत्रमा वर्षमा एक पटक भेला भएर चक्रिय रुपमा आयोजक रहने गरी त्यस क्षेत्रको विकास र प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्न सहभागि पालिकाहरु एक जुट भएका छन् । साथै पालिका बाट विनियोजित गरिने भ्रमण वा पुर्नताजकी जस्ता कार्यक्रमहरु आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने हेतुले अन्तरिक पर्यटकिय क्षेत्रमा गरिने उल्लेख छ । बैठकमा उपस्थित स्थानिहरु बैठकले गरेका निर्णयहरु पर्यटन प्रवद्र्धन महत्वपुर्ण रहे भन्दै कार्यन्यनमा सबैको ध्यान जानुु पर्ने बताए ।
बैठकमा सरोकारवाला पालिकाका प्रमुख तथा उपप्रमुख, भोजपुरका प्रमख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जिल्ला न्यायधिस, पालिकाका प्रशासकिय अधिकृत लगायतको उपस्थिति रहेको थियो । अन्तरपालिका बैठक पछि साल्पासिलिछो गाउँपालिकाको कार्यपालिका बैठक समेत सोही स्थानमा बसेको छ ।
साल्पासिलिछो गाउँपालिकाको आयोजनामा तथा जी फाउण्डेसनको साझेदारीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।