खाँदबारी । संखुवासभा खाँदबारी नगरपालिका ६ पांठामा व्यवसायिक कालिज पालन सुरुभएको छ । नरध्वज भेट फार्म तथा अनुसन्धान केन्द्रले कालिज तथा विभिन्न प्रजातिका कुखुरा, वोयर बाख्रा पाल्न सुरु गरेको सञ्चालक चिन्जीवि अधिकारीले जानकारी गराए ।
नरध्वज भेट फार्म तथा अनुसन्धान केन्द्रको शनिबार प्रमुख अतिथि खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले उद्घाटन गर्नु गरेका हुन् । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि थपलियाले यस्ता व्यवासय सञ्चालनले स्थानीयलाई रोजगारी पनि श्रृजना गर्ने बताए । कृषि पेशा व्यवसायिकीरण तर्फ उन्मुख हुनु पर्ने उनको भनाई छ । स्थानीय उत्पादनलाई बजारीकरण गर्न खाँदबारी नगरपालिका लाग्ने आश्वसन समेत थपलियाले दिए । कृषि उत्पादनलाई बजार सम्म पु¥याउन सडक बाह्रै महिना सञ्चान हुने गरी सडककाे स्तरउन्नतीका लागि खाँदबारी नगरपालिका लागेको उनले बताए ।
राष्ट्रको सेवा गर्दागर्दै राष्ट्र प्रति चिन्ति हुँदै व्यवासाय सुरु गरेको भन्दै प्रमुख जिल्ला अधिकारी कार्कीले सञ्चालक अधिकारीलाई धन्यवाद दिए । सरकारी कर्मचारी भए पनि कार्यालय समय बाहेकको सयमायलाई कृषि व्यवासयमा लाग्नुले कृषकहरुलाई समेत हौसला थपेको कार्कीले बताए । उद्यमसिलताका लागि उदाहरणीय काम गरेर कृषको आँखा खोलेको उनको भनाई छ ।
फर्ममा तीन सय वटा कालिज लगाएर फार्म सुरु गरेको सञ्चालक अधिकारीले बताए । अहिले तिनै कालिजबाट एक हजार चल्ला उत्पादन गरिएको उनि बताउँछन् । आफु सरकारी कर्मचारी भएपनि मुख्य आम्दानीको श्रोत भनेको कृषिमा नै रहेले फार्म सुरु गरेको उनको भनाई छ । उनि कोष तथा लेखा नियन्त्रक कार्यालय संखुवासभाका प्रमुख हुन् । “गाउँ फर्क, स्वाच्छ कृष उपज उत्पादन गर, आफु पनि खाउ अरुलाई पनि खुवाउ स्वास्थ्य निरोगी वन” भन्ने नाराका साथ व्यवसाय सुरु गरेको उनि बताउँछन् । स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्न उनले व्यवसाय सुरु गरेका हुन् । किसानको पेशालाई व्यवासायिक बनाए मात्रै किसानको आर्थिक वृद्धिदर बढ्ने उनको भनाई छ । उनले ४२ रोपनी जग्गामा पशुपंक्षि पालनका व्यवसाय सुरु गरेको हुन् । पशुपंक्षि पालन सँगै कृषिमा पनि लाग्ने उनले बताए । व्यवासाय सञ्चालनका लागि उनले एक करोड भन्दा बढी लगानि गरेका छन् । बजारी करणका लागि अधिकारीले खाँदबरी–७ मा अधिकारी चुलो रेस्टुडेन्ट समेत सञ्चालन गरेका छन् । आर्गनिक खानाका लागि रेस्टुडेन्ट सञ्चान गरेको उनले बताए । फार्ममा उत्पादन भएका कालिज, बटाई लगायतका विभिन्न प्रजातीका कुखुरा त्यहाँबाट विक्रि गर्ने बताइएको छ ।
