चिचिला । संखुवासभाको चिचिला गाउँपालिकामा अन्र्तराष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ । असोज २७ गते भएको सांस्कृतिक सम्मेलनमा भारतको कार्बी समुदाय र नेपालका विभन्न जातजातीको सांस्कृतिक झाँकी प्रर्दशन भएको हो ।
चिचिला गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमा दर्जन बढी झाँकीहरु प्रर्दशन भएको छ । सांस्कृतिक सम्मेलनले भारत र नेपालको सांस्कृतिक विनिमय भएको चिचिला गाउँपालिका अध्यक्ष पासाङ् नुर्बू शेर्पाले बताए । कार्यक्रमले छिमेकी मुलुक सँगको सास्कृतिक सम्बन्ध विस्तारका लागि महत्वपुर्ण योगदान पु¥याएको उनको भनाई ।
१०७ वर्षिय मानवीर पैंजो गुरुङ(दारी लामा)को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमा याम्फु, भोटे, तामाङ, गुरुङ, याक्खा, लोहोरुङ, नेवार, खालिङ, थुलुङ, मेवाहाङ, लिम्बु, संगिनि नाच लगायतका विभिन्न जातजातीहरुले मौलीक झाँकी प्रर्दशन गरेका हुन् । कार्यक्रमा स्थानीय वाजागाजा र पञ्चेबाजा समेत बजाइयो । त्यसैगरी भारत आसामका आदिवासी समुदाय कार्वी कुर्फो आमेईको ४८ जनाको टोलीले साँस्कृतिक झाँकी प्रर्दशन गरे ।
उक्त कार्यक्रम पश्चात आसामका कार्वी समुदाय बार्षीक रुपमा चिचिला गाउँपालिका आउने कार्यक्रमका संयोजक मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले बताए । कार्वी समुदायले हरेक बर्ष चिचिला गाउँपालिकाको भुभागबाट मकालु हिमाल लगायतका हिमालहरुकोे पुजा गर्न चिचिला आउने भएका छन् । त्यसले चिचिला गाउँपालिकाले उनीहरुसँग भगिनी सम्बन्ध विस्तार गर्दै साँस्कृति आदान प्रदान गर्ने आयोजनकले जनाएको छ । पुजा गर्नका लागि कार्वी समुदायले पुर्वाधार निर्माण गरी ठुलो संख्यामा कार्वी समुदाय हिमालको पुजा गर्न आउने बताइएको छ । १० लाख भारतिय रुपैयाँ बराबरको पुर्वाधार निर्माण गर्ने कार्वी कुर्फो अमाईका महासचिव बालेश्वर हान्सेले जानकारी गराए ।
कार्यक्रममा स्थानीय उत्पादन तथा खाद्य पदार्थहरुको प्रदर्शनी पनि राखिएको थियो । सांस्कृतिक सम्मेलन कार्यक्रम ताराबहादु बुढाथोकी, राजेन्द्र सर्वहारा र महेन्द्र राई सञ्चालन गरेका थिए ।
.jpg)
.JPG)
.JPG)
.jpg)
.jpg)