रचना निराैला
कहाँ सबले गुलाफको फुललाइ मनपराउछँन यहाँ
जोस जाँगर बोकेका युवा झन डराउँछन् यहाँ
सत्य बोल्दा यो संसारमा पत्याउने को होला र ?
साचो राम्रो बोल्यो भने सब कराउँछन् यहाँ ।
फलका हागाँ झुकेको दखे फलै काट्छन् यहाँ
साचो के हो बुझ्न खोेजे सबै ढाट्छन् यहाँ
बोले धेरै बकबक अनि नबोले घमण्डी भन्छन्
शान्तिको बाटो रोप्न खोजे फेदै छाट्छन् यहाँ ।
पैसा भए सबै यहाँ बत्तीको पुतली हुन्छन् यहाँ
कोहि विलासिताको भोक भर्छन कोहि सडकमै रुन्छन् यहाँ
सत्य, निष्ठा कुरा त गर्न हुदैन हामिले
विषय वस्तुमा प्रवेश गरे सबले कान थुन्छन् यहाँ ।