इटहरी : सुनसरीको इटहरीमा प्रधान कार्यालय रहेको विराट टेलिभिजनाले राष्ट्रिय वाल दिवस २०७७ को अवसरमा वक्तृत्वकला प्रतियोगित गर्ने भएको छ । कोरोना महामारीका कारण भौतिक रुपमा वाल दिवस मनाउन नसक्ने भन्दै टेलिभिजनले कार्यक्रम गर्न लागेको हो । विहिवार एक सुचना जारी गदैै टेलिभिजनाले विभिन्न ठाउँका वालबालिकाहरुको भिडियो संकलन गरी वाल दिवसको दिन प्रसारण गर्ने जानकारी दिएको छ ।
‘विपतमा वालअधिकारको सुनिश्चितता, हामी सबैको प्रतिवद्वा’ भन्ने राष्ट्रिय नाराको साथ यस वर्ष मनाइन लागेको वालदिवसको अवसरमा टेलिभिजनले कार्यक्रम गर्न लागेको हो । सहभागीले ‘कोरोना संक्रमणमा वालअधिकार’ विषयमा आफ्नो प्रस्तुती दिनुपर्ने छ । प्रस्तुती ४ मिनेटको हुनुपर्ने छ । त्यस्तै आगामि भदौ २५ गते भन्दा पहिला नै भिडियो पठाउनु पर्ने, वक्तृत्व नेपाली भाषामा हुनुपर्ने र सहभागि १८ वर्ष मुनीको हुनुपर्ने छ ।
भिडियो टेलिभिजनको इमेल ठगाना [email protected] मा पठाउनु पर्ने छ । कार्यक्रममा प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश १० हजार, ६ हजार र ३ हजार पुरस्कार प्राप्त गर्ने टेलिभिजनाले जानकारी दिएको छ ।