खाँदबारी । संखुवासभा आईडल सिजन–३ सञ्चालन हुने भएको छ । क्षितिज नाट्य जमातले सञ्चालन गर्दै आएको संखुवासभासभा आइडलको सिजन–३ अरुण भ्याली ईभेन्ट मेनेजमेन्ट प्रालीले गर्ने भएको क्षितिज नाट्य जमातका अध्यक्ष वीरबहादुर लिम्बुले जानकारी गराए ।
आइतबार खाँदबारमिा पत्रकार संमलेन मार्फत भदौको १६ गतेबाट अडिसन सुरु हुने आयोजक अरुण भ्याली ईभेन्ट मेनेजमेन्ट प्रालीका अध्यक्ष देबेन्द्र घिमिरेले बताए। मंसिर १४ गते ग्राण्ड फाइनल हुने आइडलको पहिलो अनौट चरण सङ्खुवासभाका ९, भोजपुरका २ र ईटहरी, गाईघाट र विर्तामोड गरि १४ स्थानबाट हुने अध्यक्ष घिमिरेले जानकारी गराए । प्रतियोगिताका विजेताले उपाधीसँगै नगद ३ लाख रुपैयाँ, एउटा गीत रेकर्डको साथमा पाँच दिने भारत भ्रमणको अवसर प्राप्त गर्ने छन् । उपविजेता दुई जनाले नगद ५०/५० हजार, एउटा गीत रेकर्ड, पाँच दिने भारत भ्रमण र टोकन अफ लव प्राप्त अध्यक्ष घिमिरेले जाानकारी गराए। त्यसैगरी उत्कृष्ठ पाँच भित्र परेका विजेता र उपविजेता बाहेकका अन्य २ जनाले एक÷एक वटा गीत रेकर्डको सहित पाँच दिने भारत भ्रमण र टोकन अफ लभ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको पहिलो चरणमा उत्कृष्ठ १०० प्रतिष्पर्धीहरु छनौट गरिने प्रतियोगिताको संयोजक बीरबहादुर लिम्बुले बताए । त्यस पश्चात क्रमश उत्कृष्ठ ५०, ३०, २०, १५, १२, ५ र ३ जनाको दरले प्रतिस्प्रर्धी छनौट हुँदै जाने संयोजक लिम्बुले जानकारी गराए । ग्राण्ड फाईनल बाट विजेता र उपविजेता घोषणा हुनेछन्। प्रतियोेगितामा इभोटिङ पनि हुने आयोजनकले जनाएको छ । तेस्रो राउण्ड अर्थात् उत्कृष्ठ २० बाट भोटिङ राउण्ड सुरु हुने छ । तस्रो राउण्डबाट निर्णायक र भोटिङको ५०/५० प्रतिशत अंकभार रहने संयोजक लिम्बुले बताए ।
कार्यक्रमको माध्ययमबाट नयाँ प्रतिभाहरुको खोजी मात्र खोजी सँगै आन्तरिक पर्यटकहरु समेत सङ्खुवासभा भित्र्याउने उद्देश्य सहित कार्यक्रमको आयोजना गर्न लागिएको प्रतियोगिताको प्रमुख लगानीकर्ता सुजनकुमार श्रेष्ठको भनाई छ । संगित र कलाको क्षेत्रले बसैलाई एकताको शुत्रका बाँध्ने उनेको भनाई छ ।