संखुवासभा । सेन्चुरी कमर्सियल बैंक लि. शाखा कार्यालय खाँदबारीले बाल कल्याण गृहका बाल बालिकाहरुलाई जाडोको लागि न्यानो ज्याकेट तथा दुई वटा खाट हस्तान्तरण गरेको छ ।सामाजिक उत्तरदायीत्व बहन गर्दै माट्स नेपाल संखुवासभा द्वारा संचालित बाल कल्याण गृहका बाल बालिकाहरुलाई उक्त सामान बैंकका शाखा प्रमुख मनोज वनले हस्तान्तरण गरेका थिए ।
साेमबार बिहान बाल कल्याण गृहको प्राङ्गणमा एक कार्यक्रमका बिच वनले बैंकले हरेक वर्ष आफ्नो नाफाको केही अंश सामाजिक कार्यमा योगदान दिने गरेको र यहि सिलसिलामा बाल गृहका बालबालिकालाई यो सहयोग प्रदान गरेको बताए । कार्यक्रममा बैंकका अन्य कर्मचारी तथा असल शासन क्लब खाँदबारी, संखुवासभाका अध्यक्ष मनिष श्रेष्ठको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व माट्स नेपालका सचिव तथा बाल कल्याण गृहका संयोजक श्री सरोज श्रेष्ठले गरेका थियो । धन्यवाद ज्ञापन गर्दै संयोजक श्रेष्ठले यस्तै सहयोगहरु बाटै बाल कल्याण गृह संचालित भैरहेकोले सेन्चुरी कमर्शियल बैंक लि. शाखा खाँदबारीको यस्तो अत्यन्तै सराहनीय कार्यको लागि धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम संस्थाका कार्यालय सचिब श्री सुजन अधिकारीले संचालन गरेका थिए ।