मकालु । सङ्खुवासभाको मकालु गाउँपालिका ५ मांसिमामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत ६० दिने अल्लो प्रशोधन तथा बुनाई तालिम सम्पन भएको छ । चैत्र १८ सुरु भएको तालिम मंगलबार समापन भएको हो ।
उद्योग तथा आपुर्ति मन्त्रालयको आर्थिक सहयोगमा गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा तालमि सञ्चालन गरिएको हो । तालिममा विषेशगरी महिला अपांग तथा दलितलाई प्राथमिकता दिदै गरिवी न्यूनिकरण गर्नको लागि सञ्चालन गरिएको पालिका उपाध्यक्ष मनकला राईले बताइन् । तालिमा सहभागिहरुको माग अनुसार स्तरउनोन्तिको लागि यस्ता कार्यक्रम फेरी सञ्चालन गर्ने जानकारी उपाध्यक्ष राईले बताइन् । तलिममा महिलाहरुको उत्साहाजनक सहभागि रहेको थियो । सिपमुलक तालिम सञ्चालन भए सिप सिकेर व्यवसायिक बन्ने सभागिहरुले बताए । मांसिमा भेडा पालन प्रति आर्कषण रहेको कारण यस ठाउँमा उन प्रसस्त पाइने भएकोले यस अघि महिलाहरुलाइ ४५ दिने राडिपाखि तालिम दिइएको थियो ।