मकालु । संखुवासभाको मकालु गाउँपालिकामा सार्वजानिक वक्तृत्वकला तालिम सम्पन्न भएको छ । मकालु गाउँपालिकाको आयोजनामा भाषणकला वृद्विको लागि तालिम सञ्चालन भएको हो ।
शुक्रबार सम्पन्न भएको तालिममा २६ जनाको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वडा ५ वडा अध्यक्ष योगराज राई तालिममा सहभागिहरुलाई आफुले सिकेका कुरा व्यवहारमा उर्तान आग्रह गरे । तालिमको सहजिकरण दोर्पध्वज कुलुले गरेका थिए ।