खाँदबारी । सुरक्षा घेरा भित्र कुटपिटबाट मृत्यु भएको कैदी शव आफन्तले बुझेका छन् । संखुवासभाको मादी नगरपालिका–५ का विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको शव आफन्तले ६ दिनपछि आज(सोमबार) बुझेका हुन् ।
शनिबार किटानी जाहेरीपछि शवको पोस्टमार्टम भएको थियो । घटनामा संलग्लाई सार्वजनिक नगरेको भन्दै आफन्तले शव बुभ्mन मानेका थिएन् । किटानि जाहेरीका आइतबार प्रहरीले कारागारमा रहेका प्रहरी सहायक निरिक्षक लक्ष्मी चौधरी र कारागार प्रमुख राजेन्द्र घिमिरेको नामा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ । प्रहरीले प्रहरी नियन्त्रणमा रहेका चौधरीलाई पहिलो पटक पाँच दिनका लागि म्यादथप गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सरोज खनालले जानकारी गराए । कारागारका निमित्त प्रमुख घिमिरे र असई चौधरीको नाम सार्वजनिक गरेपछि सोमबार शव बुझेका हुन् । घटनामा संलग्न बसैलाई कारवाही गर्ने आस्वासन सुरक्षा निकाय प्राप्त गरेपछि ६ दिन पछि आफन्तले शव बुझेका छन् । ६ वित्दा समेत छानविन टोलीले दोसीलाई सार्वजनिक गर्न सकेको छैनन् । सुरक्षा घेरा भित्रै भएको घटनाको दोसी सार्वजनिक हुन नसक्दा छानविनमा आसंका सुरुभएको छ ।