कोरोना करहरले रङ्गमञ्चमा कार्यक्रममा सञ्चालनमा असहज परिस्थिति सिर्जना भएकाले हामी यस वर्ष ‘‘सङ्खुवासभाको गाईजात्रा – २०७८’’ लाई डिजिटल संस्करण मार्फत यस वर्षको गाईजात्रा अरुण सन्देशको युटुव च्यान मार्फत सार्वजनिक भएको छ। साहित्यकार ताराबहादुर बुढाथोकीको विशेष प्रस्तुति कोरोना पुजा र श्राद्ध लगायतका आकर्षक व्यङ्ग्यहरु गाईजत्रा कार्यक्रममा समावेश छन् ।
अरुण सन्देश सञ्चार गृह प्रालि आयोजना र मकालु साहित्य समाजको सहआयोजनामा कार्यक्रम तयार गरिएको मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले जानकारी दिए । कार्यक्रममा संखुवासभाका कलाकारहरुको व्यङ्ग्यहरु प्रस्तुत गरिएको छ । आगामि दिनमा मोसफसलका कार्यक्रमहरुलाई डिजिटल संस्करणमा अझ गुणस्तरिय, प्रभामकारी बनाईने अध्यक्ष बुढाथोकीले बताए । कार्यक्रमको प्रायोजक संखुवासभाको यमाहा मोटरसाईकल आधिकारीक विक्रेता इश्वर इन्टरप्राईजेज त्यसैगरी सह प्रायोजक हिमाल ट्रड एण्ड सप्लायर्स खाँदबारी र कुमार स्टोर्स(सुदिप ट्रेड एण्ड सप्लायर्स) खाँदबारी रहेको आयोजकले जनाएको छ । कोरोना महामारीका कारण संखुवासभामा डिजिटल संस्करण मार्फत गाईजात्रा कार्यक्रम प्रसारण गरिएको हो । कार्यक्रमको व्यवस्थापन भाङ्ग्रे ग्रुपले गरेको थियो ।
हेुर्नु होस् भिडियो...