कार्य सम्पादन तथा स्वास्थ्य सेवा प्रबाहमा सिलिचोङ गाउँपालिका सर्वोत्कृष्ठ बनेको छ । आर्थिक बर्ष २०७७।७८ मा संखुवासभाका १० स्थानीय तहहरु मध्ये सिलिचोङ गाउँपालिकाले प्रथम स्थान हासिल गरेको हो ।
सेवा प्रबाह, स्वास्थ्य उपकरण, भौतिक पुर्वाधार लगायतको ब्यवस्थापन लगायतका सुचाकाङ्कहरुको आधारमा सिलिचोङ प्रथम बनेको हो । यस आर्थिक बर्षमा १०० पुर्णाङ्कमा ७६.९ अंक प्राप्त गरेको हो । उत्कृष्ठ बनेको सिलिचोङलाई कार्तिक ४ र ५ गते खाँदबारीमा आयोजित समिक्षा गोष्ठिमा प्रसंसा पत्र प्रदान गरिएको छ ।
सुचाङ्कको आधारमा ६७.२ अंक ल्याएर मकालु गाउँपालिका दोश्रो भएका छन् भने ६४.९ अंक ल्याएर मादी नगरपालिका तेश्रो भएका छन् ।