सङ्खुवासभा । नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवस खाँदबारी उपशाखाले पनि मनाएको छ । दिवसको अवसरमा खाँदबारी उपशाखाले बहिरा तथा सुस्तश्रवण श्रोत कक्षा मानेभञ्ज्याङमा खाँदबारी उपशाखाले मंगलबार चामल, दाल, तरकारी, अण्डा जुस, मासु लगायतका खाद्य सामाग्री वितरण गरेको हो ।
‘मनै देखि सेवा’ भन्ने मुल नाराका साथ स्थापना दिवस मनाइएको उपशाखा सभापति निरञ्जन श्रेष्ठले जानकारी दिए । दिवसको अवसरमा खाँदबारी उपशाखाले खाद्यन्य वितरण गर्नु साथै यस उपशाखा मातहतका युरेस तथा जुरेस सर्कलहरुले विद्यालय परिसर सरसफाई सहित अन्य कार्यक्रमहरु समेत गरेको श्रेष्ठले बताए । दिवसको शुभकामना दिदै सभापति श्रेष्ठले बहिरा तथा सुस्तश्रवण श्रोत कक्षाका विद्यार्थीहरुलाई सहयोग गर्न पाएको खुसी व्यक्त गरे ।्
विभिन्न दिवस, वार्षिक उत्सव, जन्मोत्सव लगायतका अवसरमा वृद्धवृद्धा, असाहय, अवक्तहरु रहेको संस्थाहरुमा गरिने सहयोग महत्वपुर्ण हुने खाद्यन्य वितरण कार्यक्रममाका प्रमुख अतिथि खाँदबारी नगरपालिका ३ का वडा अध्यक्ष भरत घिमिरेले बताए । खाद्यन्य वितरणले बहिरा तथा सुस्तश्रवण श्रोत कक्षाका विद्यार्थीहरुमा हौसला प्राप्त हुनका साथै उमंग छाएको घिमिरेको भनाई छ ।
आवासिय कक्षा भएकाले व्यवस्थापनमा कठिनाई हुने गरेको महेन्द्र माध्यमिक विद्यायका विद्यालय व्यवस्थापन समिति अध्यक्ष जित बहादुर घिमिरे बताए । कठिनाईका बाबजुत पनि भोजपुर र सङ्खुवासभाका बहिरा तथा सुस्तश्रवण भएका विद्यार्थीहरु सहज रुपमा शिक्षा आर्जन गर्ने वातावरण तयार गरिएको उनको भनाई छ । विव्यस अध्यक्ष घिमिरेले भने–‘एक पटक विद्यालयमा आएर बसे पछि कोही विद्यार्थी पनि पर्किएर जान चाहादैन ।’ रेडक्रस स्थापना दिवसको शुभकामना दिदै घिमिरेले भन्छन्, अझै पनि कहि कतै बहिरा तथा सुस्तश्रवण भएका वालबालिका भए हामी यहाँ ल्याएर पढाइ दिन्छौ ।
उक्त कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी सङ्खुवासभा शाखाका कार्यालय प्रमुख लक्ष्मी कार्की, महेन्द्र माविका शिक्षक अभिभावक संघ अध्यक्ष खेमबहादुर घिमिरे, प्रधानाध्यापक मेदिनी घिमिरे, लगायतका अविभावक र रेडक्रसकर्मीहरुको उपस्थीति रहेको उपशाखाका सचिव अनिष विष्टले जानकारी दिए । महेन्द्र मावि मानेभञ्ज्याङले सञ्चालन गरेको बहिरा तथा सुस्तश्रवण श्रोत कक्षामा १६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।




