खाँदबारी । चिचिला गाउँपालिकामा असोज २७ गते अन्र्तराष्ट्रिय सांस्कृतिक सम्मेलन हुने भएको छ । पर्यटन पर्वद्धन गर्ने लक्षका साथ अन्र्तराष्ट्रिय सांस्कृतिक सम्मेलन गर्न लागिएको आइतबार चिचिला गाउँपालिकाले पत्रकार संमेलन गरी जानकारी गराएको हो ।
सांस्कृतिक संमेलनमा भारत, अमेरिका र चिनका प्रतिनिधिहरुको उपस्थित रहने चिचिला गाउँपाकिला अध्यक्ष पासाङ नुवु शेर्पाले जानकारी गराए । जिल्लाका विभिन्न जातजातिहरुको सांस्कृतक झाँकीहरु प्रस्तुत गर्नुका साथै स्थानिय उत्पादनहरुको स्टल समेत राखिने पालिका अध्यक्ष शेर्पाले बताए । चिचिला क्षेत्रको पर्यटकीय क्षेत्रहरुको भौतिक पुर्वाधार निर्माण सँगै प्रचारप्रसार गर्न यस्ता कार्यक्रमहरुको आयोजना गरिएको उनको भनाई छ । सम्मेलनमा भारतको आसामबाट आदिवासी समुदाय कार्भि कुर्फो आमेइ समुदायका ५१ जना प्रतिनिधि चिचिला आउने छन् । सम्मेलनमा जिल्ला भित्रका सांस्कृतिक झाँकी प्रर्दशन गरिने बताइएको छ ।
आसामका कार्भि समुदायले चिचिलाबाट हिमालको पुजा गर्न पुर्वाधार निर्माण गरि बार्षिक रुपमा पुजा गर्न उनिहरु आउने कार्यक्रमका संयोजक ताराबहादु बुढाथोकीले बताए । त्यसका लागि चिचिला गाउँपालिकाले पालिकाको उच्च क्षेत्रमा जग्गा उपलब्ध गारएपछि उनिहरुले धार्मिक संरचना निर्माण गर्ने छन् । उनिहरु बार्षिक रुपमा चिचिला आउँदा स्थानिय उत्पादनको पनि विक्रि वढ्ने संयोजक बुढाथोकीको बताउँछन् । सम्मेलनले नेपाल, भारत, चिन र अमेरिकाको साँस्कृतिक विनिमय हुने उनको भनाई छ । सांस्कृतिक संमेलन चिचिला गाउँपालिकाको आयोजना र मकालु साहित्य समाजको संयोजनमा हुन लागेको हो ।