खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मा रहेको बहिरा तथा सुस्तश्रवण श्रोत कक्षालाई भवन हस्तान्तरण भएको छ । एनोदर वृक इन नेपाल, क्यानडाले कक्षा सञ्चालन तथा आवासिय भवन हस्तान्तरण गरेको महेन्द्र माध्यमिक विद्यायलयका प्रधानाध्यापक मेदिनी घिमिरेले जानकारी गराए ।
एनोदर वृक इनका अध्यक्षले एक करोड एक लाख २१ हजार रुपैयाँमा निर्माण भएको भवन एक कार्यक्रम विच हस्तान्तरण गरेका हुन् । भवन निर्माणका लागि ९३ लाख ६६ हजार रुपौयाँ र आवास व्यवस्थापनका लागि आवश्यक सामाग्री, लुगाधुने मेसिन, फ्रिज, फर्निचर लगायतका सामाग्री ७ लाख ५२ हजार रुपौयाँ उपलब्ध गराएको प्रधानाध्यापक घिमिरेले बताउनुभयो । महेन्द्र माध्यमिक विद्यालयले सञ्चालन गरेको बहिरा तथा सुस्तश्रवण श्रोत कक्षामा १६ जना विद्यार्थी अध्यनरत छन् । बहिरा तथा सुस्तश्रवण विद्यार्थीहरुलाई विद्यालयमा नै राखेर पढाउनु पर्ने भए पनि भवन अभावमा आवासको समस्या भएकाले एनोदर वृक इन नेपाल, क्यानडा संस्थाले भवन निर्माण गरिएको एनोदर वृक इन अध्यक्ष रव टर्नर बताए । अध्यक्ष टर्नरले विद्यालयलाई आगामि दिनमा थप सहयोगहरु गर्दै जाने आश्वसन दिए । भवन हस्तान्तरण कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यको प्रमुख अतिथ्यतामा भएको हो ।
यस भवन समाज विकास केन्द्र(सोडेक)को समन्वयमा २०७९ श्रावण देखि निर्माण सुरुभै चैत्रमा सम्पन्न भएको थियो । चैनपुर नगरपलिका–१० मा रहेको शारदा माध्यमिक विद्यालयमा एनोदर वृक इन संस्थाको सहयोगमा भवन निर्माण भइरहेको छ । सोडेकले जिल्लाका विभिन्न स्थानमा समुदायमा आधारित झोलुङ्गे पुल निर्माण, सुरक्षित आवास महिला केन्द्रको भवन निमार्ण लगायतको काम गरिरहेको सोडेकका अध्यक्ष प्रकाश कुलुङले जानकारी दिए ।

तस्विर: अनिष विष्ट÷खाँदबारी
तस्विर: अनिष विष्ट÷खाँदबारी
तस्विर: अनिष विष्ट÷खाँदबारी
