सङ्खुवासभा÷आइतबार राती सदरमुकाम खाँदबारी बजारमा एक घर जलेर नष्ट भएपछि सहयोग संकलन सुरु रु वितरण सुरु भएको छ । खाँदबारी–१, हिमावि टोल सेनाको ब्यारेक नजिकै बस्दै आएकी शुकमाया राईको घर जलेर पुर्णरुपमा नष्ट भएको हो ।
आगलागीले घर पुर्ण क्षति भएपछि आजै विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गर्न सुरु गरेका भएको छ । सोमबार(आज) हिमावि टोलले नगद ५० हजार रुपैयाँ र शुभविहानी नमस्ते क्लब नगद १० हजार रुपैयाँ सहित विभिन्न संघसंस्था तथा व्यक्तिहरुले ७० हजार रुपैयाँ सहयोग गरेको खाँदबारी नगर कार्यपालिका सदस्य तथा छिमेकी नरेन्द्र राईले बताए । खाँदबारी नगरपालिकाले सोमबार खाद्यान्य लत्ता कपडा लगायत विभिन्न सामग्री सहयोग गरेको छ । आगलागी पीडित राईलाई चामल,भाडाकुडा,ग्यास लत्ताकपडा लगायतका सामग्री राहत स्वरुप सहयोग गरेको खाँदबारी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत निर्माण कुमार कार्कीले जानकारी दिए । तत्काल बस्नका लागि ट्रसको घर बनाउन सहयोग संकलन भइ रहेको छ ।
लक्ष्मी पुजा गरेर सुतिरहेको अवस्थामा राती करिव ११ः४६ बजे पुजाकोठाबाट आगो लाग्न सुरु भएको स्थानीयले बताए । समयै खाँदबारी नगरपालिकाको दमकल नपुग्दा स्थनीय, प्रहरी र नेपाली सेनाले समते आगो नियन्त्रणमा लिन नसक्दा घर पुर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा र खाद्यान्न र नगद ३१ हजार रुपैयाँ पनि जलेको नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक रामकुमार लामिछानेले जानकारी दिए ।आगलागीबाट राईको घर परिसरमा पार्किङ गरी राखिएको एक अटो (टेम्पो)मा पनि आगोले क्षति पुर्याएकाे प्रहरीले जनाएको छ । पिडित राई नरेन्द्र राईको जग्गामा घर बनाएर बसेकी थिइन् । राईको काठ र टिनबाट बनाईएको एक तले घर थियो । उनको श्रीमान लिला राई विगत ५ बर्षदेखि परदेशमा छन् ।