सङ्खुवासभा । सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरो विस्थापित परिवारलाई जग्गा बाँडफाँड गरी हस्तान्तरण गरिएको छ । २०७७ साल असार २७ गते राति गएको पहिरोबाट विस्थापित ९२ परिवार मध्ये ५५ परिवारलाई आज खाँदवारी नगरपालिका–७ जग्गा बाडफड गरि हस्तान्तरण गरिएको छ ।
९२ मध्ये ५५ परिवारले पुर्नस्थापनाका लागि खाँदवारी रोजेका थिए । खाँदवारी नगरपालिकाको उपप्रमुखको संयोजकत्वमा गठन भएको जग्गा ब्यवस्थापन समितिल निशुल्क तथा सशुल्क जग्गा दिन चाहनेहरुबाट बिवरण संकलन गरि सवैभन्दा राम्रो मानिएको खाँदवारी ७ भैरे डाँडाको जग्गा छनौट गरिएको थियो । समितिले खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा ५५ परिवारको लागि ६९ रोपनी जग्गा १ करोड ३० लाखमा खरिद गरिएको हो । भुगर्वविदहरु तथा प्राविधिकहरुको प्रतिवेदन पछि जिल्ला विपत व्यवस्थापन समिति जग्गा खरिद गरि पिडित परिवारलाई हस्तान्तरण गरेको छ ।
जिल्ला विपत व्यवस्थापन समिति, खाँदबारी नगरपालिका र सिलिचोङ गाउँपालिकाले संयुक्त रुपमा विस्थापित परिवारहरुलाई गोलाप्रथा गरि जग्गा बाँडफाँड गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए । जग्गाको लालपुर्जा संयुक्त नाममा भए पनि घर निर्माणको लागि कित्ता काट गरि प्रत्येक परिवारलाई वितरण गरिएको हो । जग्गा बाँडफाँड सँगै पहिलो चरणमा अस्थाई टहरा बनाउन ५० हजार रुपौयाँ र घर बनाउन तीन किस्तामा ५ लख रुपौयाँ दिने व्यवस्था कार्यविधीमा रहेको प्रमुख जिल्ला अधिकारी खतिवडाको भनाई छ । पहिरो विस्थापित ९२ परिवार मध्ये २५ घरधुरीलाई सिलिचोङ गाउँपालिकाको चित्रे गाउँमा र चेप्चेवाका १२ घरलाई बखल्टुममा स्थानन्तरण गरिएको छ । चित्रेमा ५१ दशमलब ५ रोपनी ७० लाख र बखल्टुममा १७ दशमलब ५ रोपनीे ३४ लाखमा खरिद गरि पहिरो विस्थापितको नाममा संयुक्त रजिस्ट्रेशन पास गरिएको छ । उक्त जग्गा चाँडै बाँडफाँड गरिने तयारी रहेको सिलिचोङ गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङले बताए । जिल्ला विपत व्यवस्थापन समितिले गएको गत फागुन २९ गते जग्गा खरिद गर्ने निर्णय गरेपछि प्रकृया अगाडी बढेको थियो । संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाले बजेट व्यवस्थापन गरि जग्गा खरिद गरिएको थियो ।