सङ्खुवासभा । मकालु र चिचिला गाउँपालिकामा निर्माणाधिन नौ सय मेगावाटको अरुण तेस्रो जलविधुत् आयोजना स्थल जाने सडक अन्तर्गत मकालु गाउँपालिका खण्डको सडक मकालु गाउँपालिकाले बन्द गरेको छ । सडक मर्मतमा ध्यान नदिएको भन्दै आज(मंगलबार) बाट मकालु गाउँपालिकाले देउराली देखि आयोजना निर्माण स्थल सम्म हेभि सवारी साधनहरु सञ्चालनमा रोक लागएको हो ।
परियोजना विकास सम्झौता (पिडिए) अनुसार सडक सञ्चालनमा ध्यान नदिएको भन्दै हेभि सवारीसाधनहरु सञ्चालनमा रोक लगाएको मकालु गाउँपलिका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले बताए । पिडिएमा भएको सडक सम्झौताको बुँदा १०.११.२ अनुसार आयोजनाले ममर्त कार्य नगरेकोले सवारी साधन सञ्चानमा रोक लगाएको हो । कच्ची सडकमा हेभि सवारी साधन सञ्चालन गर्दा सडकको अवस्था अति जिर्ण भई साना सवारी साधन सञ्चालनमा समेत असहज भएको अध्यक्ष शेर्पाले जानकारी दिए । निर्माणधिन अरुण तेस्रो आयोजनले क्षमता भन्दा बढी सामान ढुवानी गरेका कारण सडक जिर्ण भएकाले आवतजातमा समेत कठिन भएपछि गाउँपालिकाले नै हेभि सवारी साधन सञ्चालनमा रोक लगाएको हो । पटक पटक सडक मर्मतका लागि अनुरोध गरिएको भएपनि वेवस्ता गरिकाले बाध्य भएर हेभि सवारीसाधनहरु सञ्चालनमा रोग लगाउन परेको गाउँपालिका अध्यक्ष शेर्पाको भनाई छ । अरुण तेस्रो आयोजना र सडक विभागले सडक मर्मतमा नगरे सम्म ठुला यातायत सञ्चालनमा रोक लगाउने उनि बताउँछन् ।
सडक जिर्ण हुँदा अत्यआवश्यक सवारी साधन समेत नचल्ने अवस्था सृजना भएपछि बन्द गर्न बाध्य भएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । बर्खा लागेसंगै सडक जिर्ण हुँदा एम्बुलेन्स जस्ता अत्यआवश्यक सवारी साधनहरु आवतजावत ठप्प हुने अवस्था भएपछि सडक मर्मतका लागि दवाव दिन ठुला सवारी साधन सञ्चालनमा रोक लगाउनु परेको उनको भनाई छ । किमाथांका–जोगवनी सडक अन्र्तगत खाँदबारी–मकालु पर्ने वर्षा र ठुला सवारीसाधन सञ्चालनका कारण सडक जिर्ण बनेको छ ।