सङ्खुवासभा । समृद्ध संखुवासभा निर्माणका लागि जलस्रोत (उर्जा) को भूमिका विषयक वतृत्वकलामा प्रतियोगितामा महेन्द्र मावि मानेभञ्ज्याङ प्रथम भएको छ । बुधबार जिल्ला समन्वय समितिको हलमा भएको प्रतियोगितामा महेन्द्र माविकी छात्रा अनिषा घिमिरेले प्रथम स्थान हासिल गरेकी हुन् ।
खुल्ला अन्तर मावि वतृत्वकलामा त्रिवेणी मावि बाह्रविसेका दिनेश लिम्बु द्धितिय र मादि माविका किरण दाहाल तृतिय भएका छन् । प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार रुपैयाँ, द्धितियले १५ हजार रुपैयाँ र तृतियले १० हजार रुपैयाँका साथमा प्रमाणपत्र प्राप्त गरेका छन् । समृद्ध संखुवासभा निर्माणका लागि जलस्रोत (उर्जा) को भूमिका शीर्षकमा भएको प्रतियोगिता जिल्ला १२ विद्यालयका १२ जना विद्यार्थी सहभागि भएको पाठकधारा टोलविकास संस्थाका अध्यक्ष भिमबहादुर कट्टेलले जानकारी दिए । वतृत्वकला प्रतियोगिता सँगै विभिन्न जातजातिको सांस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए । सास्कृतिक प्रस्तुति गर्ने समुहहरुलाई प्रत्येकलाई पाँच हजार रुपैयाँ पुरस्कार दिइएको छ । उक्त कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा भएको थियो । ‘विधुत्, विकास रोजगारमा विशेष ध्यान, समृद्ध सङ्खुवासभा निर्माण हाम्रो अभियान’ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो । सङ्खुवासभामा जलविधुत् विकासको सम्भावना उजार, स्थानीयतको सहभागितामा जलविधुत् उत्पादनलाई प्रोत्सान गर्न कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने टोल विकासका अध्यक्ष कट्टेलले बताए ।
पाठकधारा टोल विकास संस्थाले विगत १० वर्ष देखि चहाड पर्वहरुकोको अवसरमा संस्कृति संरक्षण, सामाजिक सद्भाव, श्रृजनशिलता र एकताको सन्देश सहित विभिन्न कार्यक्रम गर्दै आएको छ । यस टोल विकास संस्थाले गत वर्ष विधुत् विकास र रोजगारमा विशेष ध्यान, समृद्ध सङ्खुवासभा निर्माणमा हाम्रो अभियान अन्तरगत जलविधुत् विशेषज्ञहरुको सभागितामा अन्र्तक्रिया कार्यक्रम गरेको थियो । देशकै उत्कृष्ठ मध्येको एक यस टोलले जिल्ला सय जना ज्येष्ठ नागरिकहरुको भनुभव समेटिएको सामाजिक, मौलिक इतिहाँस पुस्तक समेत प्रकाशन पाठकधाराले गरिसकेको छ ।