खाँदबारी । नेकपा(एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटमा सङ्खुावासभामा ३१ जनाको उम्मेदवारी परेको छ । सङ्खुवासभाले लागि विभिन्न कोटामा ७ जना प्रतिनिधि पठाउनु पर्ने छ ।
खुल्ला ३, महिला २, ४० मुनीको समुहबाट १ र दलितबाट १ जना प्रतिनिधि पठाउनु पर्नेछ । महाधिवेशन प्रतिनिधि छनौट निर्वाचन कमिति सङ्खुवासभाले प्रकाशन गरेको उम्मेदवारको प्रारम्भिक नामावलीमा ३१ जनाको नाम रहेको छ । जिल्लामा संस्थापन इतरकामा कुनै पनि उम्मेदवारले खुलेर उम्मेवारी नदिएको एक एमाले नेताले बताए । खुल्ला प्रतिनिधिमा ३ जना प्रतिनिधिका लागि १४ को उम्मेदवारी दिएका छन् ।
खुल्ल सदस्यका लागि भविश्वर गुरुङ, मानसिं पोख्रोल, जितबहादुर घिमिरे, सुर्य बहादुर दाहाल, शेर बहादुर कार्की, यादव कुमार अधिकारी, खड्गबहादुर राई, बिदुर कुमार लिंथेप, सुमन श्रेष्ठ, भिम बहादुर लिंखा, मुरारीप्रसाद खतिवडा, मौषम आले मगर, कमलणि गौतम र भरतकुमार खत्रीले उम्मेदबारी दिएका छन् । महिला प्रतिनिधिका लागि सुनिता कटुवाल कार्की, उर्मिला नेपाल सुवेदी, एलिना श्रेष्ठ, हेमकुमारी चौहान, गोमादेवी कटुवाल र महेश्वरा श्रेष्ठले उम्मेदवारी दिएका छन् । युवा ४० वर्ष मुनिका प्रतिनिधिका लागि युवराज राई, फुर्वा शेर्पा, टंकप्रसाद दाहाल, सन्दिप घिमिरे, सुजना जोशी, विकास पौडेल, भरत कार्की, ध्रुव खड्का र फुर्वा भोटेले उम्मेदवारी दिएका छन् । त्यसैगरी दलित प्रतिनिधिका लागि टंकबहादुर रोक्का र इन्द्रमाया बराइलीले उम्मेवारी दिएका छन् । उम्मेदवारी दिए पनि सर्वसम्मतिमा नै महाधिवेशन प्रतिनिधि छनौटको प्रयास भइरहेको एक एमाले नेताले बताए ।
उम्मेदवारी फिर्ताका लागि मंसिर ९ गते १० देखि ३ बजे सम्मको कार्यतालिका रहेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन ९ गते साडे ४ बजे गर्ने निर्वाचन कमिटिले जनाएको छ । निर्वाचन मंसिर १३ गते विहान ८ः१५ देखि दिउँसो ३ बजे सम्म प्रत्येक पालिकामा हुने प्रमुख निर्वाचन संयोजक शान्तिकुमार दाहालले जानकारी दिए ।
प्रतिनिधि छनोटका लागि प्रतिनिधि सभा निर्वाचन क्षेत्रको हकमा १२ सय पार्टी सदस्य बराबार ४० वर्षमुनिका एक युवा, कम्तीमा एक जना महिला सहित ४ जना प्रतिनिधि निर्वाचित हुनेछन्। न्यूनतम १२ सय पार्टी सदस्यमा थप ८ सय सदस्य नाघेमा थप एक जना महिला प्रतिनिधि र त्यसपछि प्रत्येक थप आठ/आठ सयमा नाघेमा थप निर्वाचित खुला प्रतिनिधि चुनिनेछन्। त्यसभन्दा बढी भएमा सोही अनुपातमा पहिलो सयमा महिला र अन्यमा खुला निर्वाचित प्रतिनिधि चुनिनेछन्। सङ्खुवासभामा एमालेका ३ हजार ८२ जना पार्टी सदस्य रहेका छन् ।