संखुवासभा । जिल्लाको सभापोखरी गाउँपालिका –१ धुपुमा नवनिर्मित प्रहरी चौकी भवन उद्घाटन गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले आज प्रहरी चौकीको साँढे दुई तले कार्यालय भवन उद्घाटन गरेका हुन् ।
शान्ती सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले आफ्नै गाउँघरमा चौकी स्थापना गरेपछि स्थानिय खुसी भएका छन् । प्रहरीले जनताको घरदैलोमा पुगेर सेवा दिने तथा अपराधिक क्रियाकलाप न्यूनिकरण गर्ने प्रहरीले स्थापना काल देखिनै काम गरिरहेको प्रहरी नायव महानिरीक्षक बास्तोलाले बताए । सुबिधा सम्पन्न भौतिक सुबिधाले थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न प्रेरणा मिल्ने उनको भनाई छ। प्रहरी चौकी स्थापना भएसंगै सानो कामको लागि पनि घण्टौँ लगाएर सदरमुकाम पुग्नु पर्ने झन्झट हटेको गाउँपालिका अध्यक्ष भिम बहादुर लिम्बले बताए । राज्यको सेवा जनताको घरघरमा पु¥याउने उदेश्यले प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बीरेन्द्र गादोरले बताए। नेपाल प्रहरीको एक वडा एक प्रहरी चौकी स्थापना गर्ने लक्ष्य अनुसार प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त प्रहरी चौकी भवन १ करोड ९४ लाख ३५ हजार एक सय ६ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । सभापोखरी –१ का मन बहादुर सारु मगर र भक्तिमाया राईले निःशुल्क उपलब्ध गराएको पाँच रोपनी जग्गामा भवन निर्माण गरिएको हो । नवनिर्मित भवनमा कार्यालय प्रमुख कक्ष, प्रवन्ध शाखा, प्रहरी जवानको दुई वटा ब्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, चार वटा शौचालय लगायत छन् । यो भवन कार्की बन्धु÷अमर जेभिले निर्माण कमपनीले निर्माण
गरेको हो । २०७७ असार १७ गते सम्झौता भएको भएकको भवन २०७९ मंसिर २९ गते निर्माण सम्पन्न गरेको थियो ।
कार्यक्रममा संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की,सभापोखरी गाउँपालिका अध्यक्ष भिम बहादुर लिम्बु,उपाध्यक्ष लक्ष्मी चापागाँई, नयाँ भैरवी दल गुल्मका मेजर सेनानी लक्ष्मण खड्का,ससस्त्र प्रहरी बल ४ नं गुल्मका प्रहरी नायव उपरिक्षक दिनेश कटुवाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख उमेश पाण्डे लगाएत विभिन्न संघसंथा लगायतको उपस्थिती रहेको थियो ।
