खाँदबारी । संखुवासभाको हेँवा खोलामा गय राती आएको बाढिले बगाउँदा १ जनाको मृत्यु भएको छ । पाँचखपन नगरपालिका ५ स्थित हेँवा खोला किनारमा एक शव भटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका जनाएको छ ।
बाढिले बगाएर ल्याएको अवस्थामा शवको भेटिए पनि शवको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । चैनपुर नगरपालिका र पाँचखपन नगरपालिकाको विचमा गएको पहिरोले खोला थुनिएपछि आएको बाढिले बगाउँदा ठुलो जनधनको क्षति भएको हो । बाढी खोला किनारमा रहेको ७ भन्दा बढी घर समेत बगाएको स्थानीले जनाएका छन् ।
बाढिले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधिन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ७ घर बगाएको छ । बाढिले चैनपुर–४ दोभनेमा निर्माण भईरहेको सुपर हेँवा हाईड्रोपावरमा क्षति पुगेको छ । उक्त हाईड्रोपावर जलविधुत्मा काम गर्ने १७ जना मजदुरहरु सम्पर्क विहीन रहेको छन् । सम्पर्क विहीनहरुको खोजी कार्यसुरु भएको जिल्ला प्रहरी कार्यायले जनाएको छ । हेंवा र पिलुवा खोलामा आएको बाढीका कारण भएको क्षतीको थप बिवरण आउँन बाँकी छ ।
