संखुवासभा । खाँदबारी खानेपानी उपभोत्ता समितिको बैठकले समिति पदाधिकारीहरुले बैठक भत्ता नलिने निर्णय गरेका छ । समितिको आज बसेको बैठकले बैठकले भत्ता र बैठकमा आउँदाको यातायत खर्च नलिने निर्णय गरेको तदर्थ समितिका अध्यक्ष दिव्य बरालले जानकारी दिए ।
यस अघिको समितिले मासिक कम्तीमा ४ देखी ९ वटा सम्म बैठक बसेर भत्ता बुझ्ने गरेको थियो । पदाधिकारीले प्रति बैठक एक हजार रुपैयाँ र दुरी अनुसार यातायत खर्च समेत लिने गरेको समितिको कार्यलयले जनाएको छ । खानेपानी नियमित गर्न नसकेर असफल भएको समितिले मासिक ९ वटा सम्म बैठक भत्ता र यातायत खर्च लिदा समितिलाई आर्थिक बोझ थपिएको थियो । मांसिमाबाट ल्याएको खानेपानी २०७६ साउन २७ खानेपानी अवरुद्ध भएपनि फजुल भत्ताले समितिमा श्रृण अझ थपिएको थियो । पुरानै खानेपानी आयोजनाको भर रहेको खाँदबारी खानेपानी उपभोत्ता समितिले उपभोत्तालाई पानि खुवाउनु पर्ने दायित्वबाट पन्छिएपछि उपभोत्ता मारमा पर्दै आए थिए ।
पुरानो समिति विगठन गरि वनेको नयाँ तदर्थ समितिको बुधबार बसेको बैठकले खाँदबारी नगरपालिकाका लेखा अधिकृत रुद्रमणि श्रेष्ठको संयोजकत्वमा सार्वजनिक लेखा परिक्षण समिति निर्माण गरेको छ । समितिमा जिल्ला प्रशासन कार्यालयको प्रतिनिधी, कोष तथा लेखा नियन्त्रक कार्यालय संखुवासभाका प्रतिनिधी र उपभोत्ता समितिका दुइ जना सदस्य सहितको लेखा परिक्षण समिति बनाएको अध्यक्ष बरालले जानकारी दिए । समितिको बैठकले नगरविकास कोषबाट दिएको ऋण मिनहाका लागि अनुरोध गर्ने निर्णय समेत गरेको छ । समितिले हाल सम्मे ४ कोरड १९ लाख रुपैयाँ ऋण तिरेको छ । समितिले अझै २१ करोड रुपैयाँ ऋण तिरर्न बाँकी छ । मांसिमाको खानेपानी मर्मतका लागि उत्तर दक्षिण कोशी सडक आयोजनामा आएको १५ करोड रुपैयाँको काम गर्न प्रदेश स्तरिय खानेपानी डिभिजन मार्फत काम गर्न अनुरोध गर्ने निर्णय समेत गरिएको अध्यक्ष बरालले बताए । त्यसैगरी तत्कालका लागि पानी व्यवस्थापन गर्न खाँदबारी आसपास नयाँ मुहान प्राप्तीका लागि पहल गर्ने निर्णय समेत समितिले गरेको छ ।
खाँदबारी नगरपालिकाले गरेको निर्णय अनुसार साउन बाट खानेपानी महसुलमा ५० छुट दिने निर्णय समेत गरेको छ । अहिले न्युनतम ५ हजार लिटरको २ सय ३० रुपैयाँ सहसुल असुल्दै आएको छ ।