सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–६ मा रहेको वाना माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द श्रेष्ठ बाल यौनदुराचार आरोपमा पक्राउ परेका छन् । व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठले ८ वर्षिया वालिकालाई अश्लिल भिडियो देखाई यौनदुराचार गरेको अभियोगमा पक्राउ गरी सोमबार थप अनुसन्धानका लागि जिल्ला अदालतमा म्याद गरीएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक अशोक जगेबुले जानकारी दिए ।
गत असारमा आरोपित श्रेष्ठले बालिकालाई अश्लिल भिडियो देखाई करणीको आशयले बालिकाको विभन्न अंगमा समेत छोएको स्रोतले जनाएको छ । श्रेष्ठले गरेको हर्कत बालिकाले आमालाई सुनाएपछि घटना बाहिरिएको थियो । सो घटनालाई मिलाउन जनप्रतिनिधी सहितका भद्रभलाद्मी बसेर दबाबमा पारेर बालिका यौनदुराचार जस्तो जघन्य अपराधको घटना मिलापत्र गरेको समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित भएपछि व्यवस्थापन समिति अध्यक्ष आइतबार पक्राउ परेका थिए । उक्त घटना मिलाउन जनप्रतिनिधिकै रोहवरमा पीडित परिवारलाई ४ लाख रुपौयाँ दिएर जघन्य अपराधका अभियुक्तलाई गैरकानुनी काम गरेको स्थानीय बताउँछन् । अभियुक्त श्रेष्ठले घटना वाहिर सार्वजनिक नगर्न आर्थिक प्रभोन देखाई दवाव दिएपछि गाउँमा नै घटना ढाकछोप गरिएको स्थानयि बताउँछन् ।
जघन्य अपराको मिलापत्र स्थानीय जनप्रतिधिकै रोहवरमा गराईको पुष्टि पाँचखपन–६ का वडासदस्य रामबहादुर मगरले गरेका छन् । उनले घटना मिलामत्रमा संलग्नलाई समेत कानुनी कारबाहीको माग गरेका छन् । उक्त घटनाको बारेमा बजारमा हल्ला आएपनि पीडित परिवारलाई आर्थिक प्रभोलनमा परेपछि परिवार कानुनी उपचारका लागि जानन नसेको नकपा एमाले नगर कमिटी अध्यक्ष गोपाल श्रेष्ठ बताउँछन् । घटनाको जानकरी पाएपछि वना प्रहरी चौकीमा मौखीक जानकारी समेत गराएको उनको भनाई छ । घटनामा संलग्नहरुलाई कानुनी कारबाहीको माग उनले गरेका छन् ।
अन्नपूर्णमा समाचार आएपछि मात्र उत्त घटनाको बारे जानकारी प्राप्त भएको प्रहरी निरिक्षक जगेबु बताउँछन् । समाचारकै आधारमा पिडित परिवार पुगेपछि घटनाको बारेमा थप पुष्टी भएको उनले जानकारी दिए । पिडित बालिकाको बयान पछि परिवारले परिवारले जाहेरी दिएका थिए । संवेदनशील विषय भएकाले हामीले यसलाई गम्भीर रूपमा लिएर अनुसन्धान सुरु गरेको जगेबुले बताए । पिडित बालिकाको जिल्ला अस्पतालमा स्थास्थ्य परिक्षण गरिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
घटना मिडियामा सार्वजनिक भएपछि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला निर्देशन पछि अभियुक्तलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । वालिका यौनदुराचारमा पक्राउ परेका श्रेष्ठलाई म्याद पछि थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक जगेबुले जानकारी दिए । पीडित पक्षको उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२५ अनुसार बाल यौन दुराचार गर्न गराउन नहुने र कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौन सम्बन्धी अङ्ग छोएमा वा छुन लगाएमा बाल यौन दुराचार गरेको मानिने प्रावधान रहेको छ । निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा समेत यौन दुराचार मानिने उक्त ऐनले बताएको छ । बाल यौन दुराचारको घटनामा दोषी ठहर भए तीन वर्षसम्म कैद र तीस हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । कसुरबाट पीडित व्यक्तिलाई कसुरदारबाट मनासिब क्षतिपूर्ति भराइ दिनुपर्ने व्यवस्था समेत गरेको छ ।