खाँदबारी । नेपाल सरकारले २०७४ जेष्ठ ८ गते भलिबल खेललाई राष्ट्रिय खेल घोषाण गरेपनि भलिबल खेलको विकास हुन सकेको छैन । संखुवासभाको खाँदबारीमा भएको साधारण सभाले भलिबल खेलको विकास लागि भौतिक पुर्वाधारको विकासको एजेन्डा सभाले पारित गरेको भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दले जानकारी दिए ।
भलिबललाई राष्ट्रिय खेलको दर्जा दिएपनि त्यसअनुरुप खेलको गौरव राख्न सरकारबाट आवश्यक सहयोग नभएको नेपाल भलिबल संघको साधारण सभाका सहभागिहरुले बताए । भलिबल संघको १० औं केन्द्रिय साधारण सभामा संघको साधारण सभा देशै भरका भलिबल खेलाडी र पदाधिकारीहरुको उपस्थिति रहेको थियो । केन्द्रीय समितिका पदाधिकारीहरु, प्रदेश र जिल्लाका अध्यक्ष तथा प्रतिनीधिहरुको उपस्थिति रहेयो । पुर्व कोसी प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यतमा भएको साधारण सभाको उद्घान प्रमुख अतिथि, विशिष्ट अतिथि लगायतले दिप प्रज्वलन गरेर गरेका थिए ।
कार्यक्रमको ब्यवस्थापन कोशी प्रदेश भलिबल संघ र जिल्ला भलिबल संघ सङ्खुुवासभाले गरेको जिल्ला अध्यक्ष मेदिनी घिमिरेले बताए । भलिबल खेलमा अन्र्तराष्ट्रिय सहयोग भित्राउन नसक्दा भलिबल खेलको विकास अगाडि बढ्न नसकेको उनको भनाई छ । भलिबल खेलका लागि भौतिक पुर्वाधार विकास हुन नसक्दा भलिबल खेलको विकास हुन नसकेको सहभागिहरुको भनाई छ । सानो लगानिमा गाउँ गाउँमा भलिबल खेल खेल्न सकिने भएपनि यस खेलको विकास हुन सकेको छैन । भलिबल खेल व्यवसयिकरण भएपनि आसतित विकास हुन नसकेको बाग्मती भलिबल संघका अध्यक्ष माधव केसी बताउँ छन् । भविल खेल विकासका लागि विद्यालय तह बाट नै खेल विकासमा लाग्नु पर्ने देखिन्छ । स्कुल लेभल र एज ग्रुपका प्रतियोगिता गर्नसके भलिबल खेको विकास हुने न्यू डाइमन एकेडेमीका प्रिन्सिपल कुमार राईको भनाई छ । न्यू डाइमन एकेडेमिले महिला खेलाडीको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । भलिबलको अवस्था सन्तोष जनक रुपमा मान्न सकिने भलिबलका रेफ्रि भरत बहादुर शाहाको भनाईछ । विगतमा भलिबल खेल चलायमान नभए पनि पछिल्लो समय राष्ट्रिय देखि अन्र्तराष्ट्रि खेलमा सुरुती ठिकै रहेको उनको भनई छ ।