सुमन दाहाल, मादी । प्रदेश न. १ स्तरीय आमन्त्रीत महिला फुटवलको फाईनलमा कन्काई नगरपालिका झापा र पथरी नगरपालिका मोरङ पुगेका छन् । शुक्रबार भएको सेमिफाईनल खेलमा कन्काई नगरपालिकाले चौदण्डि नगरपालिका उदयपुरलाई २–० गोल अन्तरले हराउदै फाईनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा पथरी नगरपालिकाले धनकुटा नगरपालिकालाई १–० गोल अन्तरले हराउदै फाईनल प्रबेश गरेको हो । फाइनल खेल शनिवार विहान हुने अयोजकले जनाको छ ।
मादी नगर खेलकुद विकास समितिको आयोजनामा मादी क्याम्पसको खेल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष नरेश जिमिले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद एक लाख विस हजार रुपैयाँका साथमा कप, मेडल र प्रमाणपत्र पाउने छन् । त्यसैगरी उप–विजेताले नगद असी हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता शनिवार सम्म सञ्चालन हुने छ ।