खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका ३ मानेभञ्याङको खेल मैदानमा जारी दोस्रो अरुण भ्याली भेटेरेन्स फुटबल प्रतियोगिताको उपाधि मिरमिरे क्लब तामाफोकले हातपारेको छ । आइतबार भएको फाइनल खेलमा टाइबे्रकरमा मिरमिरेले आयोजक एडभान्स क्लव मानेभञ्याङलाई हराउँदै उपाधि जितेको हो ।
खेल बराबरी भएपछि टाइब्रेकरमा विजेताले ५ र उपविजेता टिमले ४ गोल गरेका थिए । एडभान्स क्लव मानेभञ्याङको आयोजनामा बिहीबार बाट सुरु दोस्रो अरुण भ्याली भेटेरेन्स फुटबल प्रतियोगिताको विजेताले नगद ८५ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एडभान्स क्लबले नगद ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।सेमिफाइनलिस्ट चैनपुर समाज सेवा क्लब चैनपुुर र लोहोरुङ क्लब पांमाले नगद १५÷१५ हजार रुपैयाँ हाँसिल गरेका छन् । वितेताहरुलाई प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले पुरस्कार वितरण गरेका छन् । प्रतियोगितामा जिल्लाका १२ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा उत्कृठ खेलाडी मिरमिरेका राजकुमार राई, सर्वाधिक गोलकर्ता एडमान्सका दिपक चौहान र उत्कृष्ठ गोलरक्षक मिरमिरेका सुमन थापा घोषित भएका छन् । समापन समारोहका अवसरमा खेल सञ्चालन सहयोगीहरुलाई सम्मान गरिएको थियो ।

