कुलुङ/ भाेजपुरकाे कुलुङ माघे मेलाको अवसरमा आयोजित वडा स्तरिय भलिवल प्रतियोगिताको पुरुष तर्फको उपाधि भोजपुरको षडानन्द नगरपलिका र महिला तर्फको उपाधि सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाले हात पारेको छ । आइतबार सम्पन्न प्रतियोगिताको उपाधि सँगै षडानन्द–२ ले नगद ७५ हजार एक सय रुपैयाँ सहित एक सय पाँच तोलाको चाँदीको ‘बौद्धमान, नरमाया, दानबहादुर बुढाथोकी स्मृति’ पाँच वर्षे रनिङ् शिल्ड पाएको छ । विजेता सिलिचोङ–२ ले उपाधि सँगै ४५ हजार एक सय सहित ५० तोलाको ‘सरस्वती गिरी राई’ स्मृति पाँच वर्षे रनिङ् शिल्ड हात पारेको हो ।
कुलुङ माघेमेला युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष तर्फको खेलमा षडानन्द–२ ले सङ्खुवासभाको सभापोखरी गाउँपालिका ३ लाई ३–० को सोझो सेटमा हराएको हो । फाइनल खेलमा दुई जिल्लाका एक÷एक टिमको प्रतिस्प्रर्धा रहेकाले जिल्ला जिल्लाकै प्रतिस्प्रर्धाको रुपमा खेललाई हेरिएको थियो । फाइनल खेलमा राम्रो खेल खेल्न नसक्दा सभापोखरीले सोझो सेटमा हार व्योहोर्नु प¥यो । प्रतियोगितामा भोजपुरकै षडानन्द–३ र साल्पासिलिछो–१ सेमिफाईनलिस्ट टिम रहेका छन् । उपविजेताले ५० हजार एक सय र सेमिफाईनलिस्ट टिमहरुले प्रति टिम ३० हजार एक सय प्राप्त गरेका छन् ।
त्यसैगरी महिला तर्फ सिलिचोङ–२ बालाले सिलिचोङ कै वडा १ लाई ३–२ सेटको अन्तरले पराजित गर्दै वडा २ विजेता बनेको हो । प्रतियोगितामा सिलिचोङ–४ माङ्तेवा र षडानन्द–३ खार्ताम्छा सेमिफाईलिस्ट टिम रहेका छन् । उपविजेता टिमले नगद ३० हजार एक सय र सेमिफाईलिस्ट टिमले प्रति टिम २० हजार एक सयका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
मेलाकै अवसरमा खुल्ला ट्रयाक गायन प्रतियोगिता भएको छ । प्रतियोगितामा प्रथम षडानन्द–५ का अनम राई, द्धितिय सिलिचोङ्–१ का बोरन राई, तृतिय साल्पासिलिछो–१ का दिपिन गजमेर र सान्त्वना षडानन्द–५ का बिश्वास मगर भएका छन् । प्रतियोतामा पहिलो, द्धितिय, तृतिय र सान्त्वना हुनेले क्रमशः नगद दश हजार, सात हजार, पाँच हजार र तीन हजार प्राप्त गरेका छन् ।
विजताहरुलाई कार्यक्रमका प्रमुख अतिथि दौलथ कुलुङ, कुलुङ माघेमेला युवा क्लबका अध्यक्ष पुष्पराज घले लगायतका अन्य अतिथिहरुले पुरस्कार वितरण गर्दै मनतब्य राखेका थिए । विस २०३१ देखि कुलुङमा सुरु भएको मोघे मेला सहित विभन्न प्रतियोगिताहरु हुँने गरेको खेल संयोजक मणिकुमार श्रेष्ठले बताए ।



