खाँदबारी । सङ्खुवासभामको मादि नगरपालिकामा राष्ट्रव्यापी मादी व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । मादी नगरपालिकाको आयोजनामा फागुन २८ देखि ३० गते सम्म प्रतियोगिता सञ्चालन हुने मादी नगरपालिकाका मेयर जीवज लिङ्थेपले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।
पृथक पहिचानः मादी नगरपालिको शान भन्ने नाराकासाथ सञ्चालन हुनलागेको प्रयोगिताको बारेमा पत्रकारकार महासंघ जिल्ला शाखा सङ्खुवासभाको कार्यालयमा पत्रकार सम्मेलन नगरपालिकाले जानकारी गराएको हो । प्रतियोगिताको पुरुष डबल तर्फ प्रथमले नगद ७५ हजार, द्धितियले नगद ५० हजार र सेमिफाइनलिस्ट दुई टिम नगद १५/१५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने नगर प्रमुख लिङ्थेपले जानकारी गराए । त्यसैगरी प्रतियोगिताको खुल्ला महिला तर्फ प्रथमले नगद ४५ हजार, द्धितियले नगद ३० हजार र सेमिफाइनलिस्ट दुई टिम नगद १०/१० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको खुल्ला भेट्रान्स डबल(४५ वर्ष माथि) तर्फ प्रथमले नगद ४० हजार, द्धितियले नगद २५ हजार र सेमिफाइनलिस्ट दुई टिम नगद ८/८ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता नेपाल व्याडमिन्टन महासंंघको नियम अनुसार सञ्चालन गरिने सञ्चालन गरिने प्रतियोगिता संयोजक लक्षमण लिङ्थेपले बताए । प्रतियोगिता मादीको ओखरवोटेमा भएको कवडहलमा सञ्चालन हुने छ ।