संखुवासभा । सदरमुकाम खाँदबारीमा कोशी प्रदेश स्तरीय पुरुष डवल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । खेलकुद मार्फत जिल्लाको पर्यटन प्रवद्धन गराउने उद्देश्यका साथ बैशाख १५ देखि १७ गते सम्म कोशी प्रदेश स्तरीय पुरुष डवल ब्याडमिन्टन संचालन हुने भएको हो ।
मंगलबार खाँदबारीमा पत्रकार सम्मेलन गरेर आयोजक तीनपोखरी समाज विकास क्लवले ब्याडमिन्टन प्रतियोगिताबारे जानकारी दिएको हो ।खेलकुदको माध्यमबाट विकृति बिसंगतीलाई हटाउँदै खेल क्षेत्र बाट खाँदबारीलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा चिनाउन सहयोग पुग्ने तीन पोखरी समाज विकास क्लवका अध्यक्ष मिनेश चापागाईँले जानकारी दिए । युवाहरुको खेलकुद विकास गरी जिल्ला तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने र आन्तरिक पर्यटन प्रवद्धनको विकासमा यो प्रतियोगिताले सहयोग पुग्ने अपेक्षा गरेको अध्यक्ष चापागाईँले बताए ।
प्रतियोगितामा प्रथम टिमले नगद ५० हजार रुपैयाँ ट्रफि,मेडल र प्रमाण पत्र,दोस्रो टिमले नगद ३० हजार रुपैयाँ ट्रफि,मेडल र सान्त्वाना हुने दुई टिमले नगर १०÷१० हजार रुपैयाँ मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लवका अध्यक्ष तथा खेल संयोजक मिनेश चापागाईँले बताए । ब्याडमिन्टन प्रतियोगिता खाँदबारी १ स्थित कवर्ड हलमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

