संखुवासभा । खाँदबारीमा कोशी प्रदेश स्तरीय पुरुष डवल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । तीनपोखरी समाज विकास क्लवको आयोजनामा आजबाट कोशी प्रदेश स्तरीय पुरुष डवल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो ।
खेलकुद मार्फत जिल्लाको पर्यटन प्रवद्धन गराउने उद्देश्यका आजबाट सुरु भएको कोशी प्रदेश स्तरीय पुरुष डवल ब्याडमिन्टन प्रतियोगिता १७ गते सम्म चल्ने आयोजकले जनाएको छ । प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका ११ टिमको सहभागिता रहेको तीन पोखरी समाज विकास क्लवका अध्यक्ष मिनेश चापागाईँले जानकारी दिए । प्रतियोगितामा प्रथम टिमले नगद ५० हजार रुपैयाँ ट्रफि,मेडल र प्रमाण पत्र,दोस्रो टिमले नगद ३० हजार रुपैयाँ ट्रफि,मेडल र सान्त्वाना हुने दुई टिमले नगर १०÷१० हजार रुपैयाँ मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।