खाँदबारी । राष्ट्रिय भलिबल दिवसको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगिता जिल्ला भलिबल संघ सङ्खुवासभाले जितेको छ । एक दिवसीय भेट्रान्स पुरुष भलिबल प्रतियोगितामा शिक्षक भेट्रान्सलाई हराउँदै भलिबल संघले सोझो सेटमा जित हात पारेको हो ।
भलिबललाई राष्ट्रिय खेल घोषण गरेको दिन जेठ ८ का दिन जिल्ला भलिबल संघ सङ्खुवासभाले भलिबल प्रतियागिता र सम्मान कार्यक्रमको आयोजना गरेको हाे । प्रतियोगितामा ३५ वर्ष माथि उमेर समुहका ८ टिमको सहभागिता रहयो । विजेता भलिबल संघले नगद १५ हजारका साथमा प्रमाणपत्र र उपविजेता शिक्षक समुहले नगद १० हजारका साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।
भलिबल दिवसको अवसरमा जिल्लाको भलिवल खेलको विकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको भलिवल संघ सङ्खुवासभाका अध्यक्ष मेदिनी घिमिरेले बताए । सम्मानित हुनेहरुमा भलिबल खेलाडी सुमन श्रेष्ठ, रोषण थापा मगर, खाँदबारी–३ का वडा अध्यक्ष भरत घिमिरे, खाँदबारी–५ का वडा अध्यक्ष टंकबहादुर घिमिरे, गायत्री निरौला, रुद्रमणि निरौला, प्रसिद्ध श्रेष्ठ, रत्मान तामाङ रहेका छन् । त्यसैगरी भलिबल खेलमा सहयोग गर्ने खाँदबारी नगरापालिका, चैनपुर नगरपालिका, खाँदबारी–१ वडा कार्यालय, नवयुग युथ क्लब पोखरी, वाना युथ क्लब, रोजमेरि युथ क्लब बाक्सिदा र सुर्य वोर्डिङ स्कुललाई समेत सम्मान गरिएको हो । प्रमुख अथितिथी जिल्ला समन्वय प्रमुख सुमन शाक्य, विशिष्ट अतिथि खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, भलिबल संघ कोशी प्रदेशका अध्यक्ष खेम राई लगायले आफ्ना भनाइहरु राखे ।
प्रतियोगिता सोमबार सुर्य वोर्डिङको खेलमैदानमा प्रतियोगिता सञ्चालन भएको हो । दिवसको अवसरमा भलिबल संघले सम्पुर्ण अतिथिहरुलाई मायाको चिनो समेत दिएको छ ।




