सङ्खुवासभा : पाँचखपन नगरपालिकाको वाना प्राथमिक स्वास्थ्य चौकीको एम्बुलेन्स तोडफोड गरेको आरोपमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखपन–६ का खगेन्द्र मगर रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सुचनाअधिकारी प्रहरी निरिक्षक सन्तोश बुढाथोकीले जानकारी दिए ।
मगरले वाना प्राथमिक स्वास्थ्य चौकीको को १ झ ६४३ नम्बरको एम्बुलेन्स तोडफोड आरोपमा पक्राउ गरिएको सुचना अधिकारी बुढाथोकीले जानकारी दिए । तोडफोड बाट एम्बुलेन्सको अगाडीभागको सिसा फुट्नुका साथै विभिन्न भागमा क्षति पुगेको थियो । भने स्वास्थ्य चौकीको मुल गेट समेत तोडफोड भएको प्रहरीले जनाएको छ । एम्बुलेन्स तोडफोड भएपछि चल्न नसक्ने अवस्थमा पुगेको छ ।
उक्त एम्बुलेन्स वाना स्वास्थ्य चौकीले दुई बर्ष अघि संघिय सांसद राजन्द्र गौतमको सांसद विकास कोषको रकम बाट खरिद गरेको थियो । एम्बुलेन्स तोडफोडमा संम्लग्न भएका मगरलाई जिल्ला प्रहरी कार्यालय खाँदबारीको हिरासदमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।