चाैकिडाँडा । भाेजपुरकाे साल्पासिलिछाे गाउँपालिकाे गाउँसभा तथा दिउँदे अधिवेशन मंगलबार सम्पन्न भएकाे छ । बाह्रौं गाउँसभा तथा हिउँदे अधिवेशन पालिकाे अध्यक्ष दाैलथ कुलुङकाे अध्यक्षता भएकाे हाे ।
सभाले कर राजस्व संसाेधन, बजेट विनियाेजन संसाेधन, लेखा समितिकाे वेरूजू फर्छाैट प्रतिवेदन, प्राकृतिक स्राेत साधन उपयाेग तथा परिचालन सम्बन्धि प्रस्ताव बहुमतले पारित गरेकाे छ । सभामा उपप्रमुख अस्मिता कुलुङ्ले प्रस्ताव पेश गरेकि थिइन् । उक्त प्रस्तावहरूलाई प्रमुख प्रसासकिय अधिकृत माधबकुमार अधिकारीले छलफल गराए । गाउँसभाले विभिन्न शिर्षकमा एक कराेड रूपैयाँ विनियाेजन गरेकाे प्रसासकिय अधिकृत अनिष काफ्लेले बताए ।
जिल्ला समन्वय समिति सदस्य दिर्घा कार्कीकाे विषेश आतिथ्यतामा भएकाे हिउँदे अधिवेशनकाे उद्घाटन शत्रमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले शुभकामना मनतव्य तथा राय राखेका थिए । कांग्रेस प्रतिनिधि मुकुन्द राई, एमाले प्रतिनिधि जीवन राई, माओवाेदी केन्द्रका दलबहादुर गिरी लगयतले सबैकाे आपसि समझदारी याेजना वाडफाड, निति निर्माण लगायत साल्पासिलिछाेकाे विकासमा एकतावद्ध भए लाग्नु पर्ने बताए ।
साल्पासिलिछाेकाे विकास र संमृद्धिमा सबैकाे साथ र सहयाेकाे अपेक्षा गरेकाे पालिका अध्यक्ष दाैलथ कुलुङ्ले धारणा राखे । विकासका लागि दलभन्दा माथि रहेर काम गर्नु पर्ने बताए । सबै जनप्रतिनिधिहरू र नागरिकसँगकाे सहकार्य र सहमतिमा याेजना बाँडफाड र विकास निर्माणमा लाग्ने प्रतिवद्धता अध्यक्ष कुलुङ्ले प्रतिवद्धता व्यक्त गरे । सुचना प्रवाहका लागि माेबाईल एपस निर्माण र डजिटल नागरिक वडापत्र तयार गर्ने उनले बताए ।
अधिवेशनकाे अवसरमा जग्गादाताहरूला सम्मान गरिएकाे छ ।