घनेन्द्र शर्मा
जीवनको पुर्वार्धमा नै
प्रकृतिले चुनौती गर्यो
हावाहरु वहन गर्दैनन्
पानीहरु बग्दैनन्
ताराहरु चम्कदैनन्
र फुलहरु फुल्दैनन्,
मेरो हृदयको मझेरिमा।
एकै झल्को देखेको भएपनि
पहिलो देखाइबाटै
तिमी जरा गाडेर
रिसाएर फुल्लिएर
वा निसासिएरनै
सहि पुरा ठाउँ ओगटेर बसेकि छौ
र त
एक पाहिलो राख्ने ठाउँ छैन,
मेरो हृदयको मझेरिमा।
हिजोआज,
ज्वालामुखिहरु फुट्दछन्,
चट्याङहरु बर्सन्छन्,
पहिरोहरु चल्दछन्,
अन्तर आत्मा र मस्तिष्कहरु
एक आपसमा पौठेज्वरि
खेलिरहन्छन्,
र भन्छन्
तिमीले गर्दा दुनियाँ अलक
छ म संग,
म एक्लो छु
र पनि एउटै चिन्ता छ
कतै तिमीलाई चोट त
लागेको छैन
मेरो हृदयको मझेरिमा।