बाल बाताबरण केन्द्र, काठमाण्डौले खाँदबारी नगरपालिका ७ काे जनचाहना आधारभुत बिध्यालयका बिद्यार्थीहरुलाई स्कुल ब्याग तथा स्टेसनरी सामाग्री बितरण गरेको छ । मकालु त्रिशक्ति समुह माट्स नेपाल संखुवासभाको सहकार्यमा उक्त कार्यक्रम खाँदबारी उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बाताबरण केन्द्रका कार्यक्रम संयोजक रुक्मागत काफ्लेले कार्यक्रमको औचित्यको बारे प्रकास पारे । ३४ विद्यार्थीलाई कार्यक्रम संयोजक काफ्लेले बिध्यालयकी सहप्रधानाध्यापक सुस्मा राईलाई स्कुल ब्याग तथा स्टेसनरी सामग्री हस्तान्तरण गरे । कार्यक्रममा वडा ७ वडाध्यक्ष देबबहादुर मगर, कार्यपालिका सदस्य ललिता मगर, वडासदस्य झलकलाल कुसुलेको उपस्थिति रहेको थियो । कार्यक्रमले बिध्यालयका बिपन्न परिवारका बालबालिकालाई ठुलो सहयोग पुगेको र आगामी दिनमा अझै सहयोगका कार्यक्रम लिएर आउन कार्यक्रमका सभापति तथा बिध्यालय ब्यबस्थापन समिती अध्यक्ष श्रीप्रसाद श्रेष्ठले अनुरोध गरे । कार्यक्रममा माट्स नेपालका सचीव सरोज श्रेष्ठ, माट्स नेपाल द्वारा संचालित बाल कल्याण गृहका संयोजक ध्रुब खड्काको उपस्थिति रहेको उक्त कार्यक्रम बाल हेल्पलाइन सेवा १०९८ नेपाल संखुवासभाका प्रमुख सुजन अधिकारीले संचालन गरेका हुन ।