मुढेबजार । सङ्खुवासभाको धर्मदेवि नगरपालिकामा असोज १३ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ कोसी प्रदेशको सहयोगमा शिविर सञ्चालन हुन लागेको हो । शिविर सिंहेश्वरी माध्यमिक विद्यालयकोमा हुने आयोजकले जनाएको छ ।
शिविरमा महिला तथा प्रसुती रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, आँखा रोग विशेषज्ञ लगायतका डाक्टरहरुको उपस्थीति रहने व्यवस्थापक नेकपा(माओवदी केन्द्र) धर्मदेवि नगरसमितिले जनाएको छ । शिविरमा इसिजी, एक्सरे, सुगर जाँच र निशुक्क औषधी समेत वितरण हुने माओवादी केन्द्रका धर्मदेवि अध्यक्ष दोर्जी शेर्पाले जानकारी दिए ।