खाँदाबरीमा । संखुवासभाको खाँदबारीमा जीवन योग प्रयोगशालाको उद्घाटन भएको छ । जीवन योग गुरु रमेश नेपालले भर्चुअल माध्यमबाट योग प्रयोगशालाको उद्घाटन गरेको प्रशिक्षक क्षितिज बरालले जानकारी दिए ।
सुख, शान्ति र संमृद्धि भन्ने मुल नाराका साथ योग प्रयोगशालाको उद्घाटन गरिएको हो । करिव दुइ वर्षा अगाडि देखि खाँदबारीमा योग अभ्यास हुँदै आएको थियो । प्रशिक्षक क्षितिज बराल र रामेश्वर निरौला योग अभ्यास गराँदै आएका छन् । पछिल्लो समय खाँदबारीमा योग अभ्यासमा आर्कषण बढ्दै गएको छ । कृष्णप्रणामी बहुउदेश्य सत्सग भवनमा दैनिक योग अभ्यास हुँदै आएको छ ।