खाँदबारी । नेपाली कांग्रेस जिल्ला कार्य समिति सङ्खुवासभाका सभापति दीपक खड्काले राजीनामा दिएका छन् ।
खड्काले बुधबार एक विज्ञप्ति जारी गर्दै सभापति पदबाट राजीनामा दिएका हुन्। प्रतिनिधिसभा सदस्य भएका कारण जिल्लाको पार्टी संगठनलाई पर्याप्त समय दिन नसक्ने भएपछि पार्टी सभापतिबाट राजीनामा दिएको खड्काले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रतिनिधिसभाको गतिविधिमा संलग्न हुनुपर्ने भएका कारण काठमाडौंमा धेरै समय बिताउनुपर्ने भएको विज्ञप्तीमा खुलाएका छन् । त्यसकारण जिल्लाको पार्टी सङ्गठनलाई पर्याप्त समय दिन नसकेको भन्दै राजीनामा दिएको उनको भनाईछ। पार्टी संगठन सुदृढ सहज होस् भन्ने उदेश्यले नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सभापति पदबाट राजीनामा दिएको बताएका छन् । राजीनामा स्वीकृत गरी विधान बमोजिम जिल्लाका अन्य साथीहरु बाट सभापति चयन गरी पार्टी संगठन परिचालन गराउन नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललिपुरलाई विज्ञप्ति मार्फत जानकारी समेत गराएका छन् ।
खड्का २०७८ असोज मा सभापतिम निर्वाचित भएका खड्काले प्रतिनिधीसभा सदस्य भएपछि उपसभापति अनन्त कुमार गौलीलाई कार्यवहाक सभापतिको जिम्मेवारी दिदै आएका थिए ।